काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको नि:शुल्क उपचार गराउन निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ नि:शुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन्।
यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई नि:शुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ। स्थानीय तहलाई नि:शुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ।
पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको नि:शुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ।
मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको नि:शुल्क उपचार गराए(नगराएको नियमित अनुगमन हुने जनाएको छ। शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या नि:शुल्क उपचार गर्न निर्देशन दिएका थिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...
मंसिर २९ गते, २०८२ - १४:३९
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी ...
मंसिर २९ गते, २०८२ - १४:२४
काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...
मंसिर २९ गते, २०८२ - १४:०१
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...
मंसिर २९ गते, २०८२ - १३:५२
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...




प्रतिकृया लेख्नुहोस्: