Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

१० प्रतिशत बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको नि:शुल्क उपचार गराउन निर्देशन दिएको छ। 

मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ नि:शुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन्। 

यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई नि:शुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ। स्थानीय तहलाई नि:शुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ।

पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको नि:शुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ।  

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या  छुट्याइ नि:शुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ। 

मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको नि:शुल्क उपचार गराए(नगराएको नियमित अनुगमन हुने जनाएको छ। शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या नि:शुल्क उपचार गर्न निर्देशन दिएका थिए

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending