Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

प्रधानमन्त्रीको गुनासो- देशको हितमा काम गर्दा श्रीमतीको स्वास्थ्यको कामना गर्दै रुद्राक्ष चढायो भनेर तल झारियो

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति भएको प्रष्टीकरण

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताएका छन्। 

भारतको चार दिने चौपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पारे। 

उनले भने, “महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने? ”

उनले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताए।  उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उहाँले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताए। 

उनले भने, “म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्मनिरपेक्षता भनेको धर्मविरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्मनिरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिस्चियन सबै धर्मावलम्बीहरूप्रति समान व्यवहार गर्नुपर्छ। अब मध्य प्रदेशमा जाने, इन्दौरमा जाने । नजिकै ऐतिहासिक सहर हो, उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरि भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाएँ । त्यसले एकैदिनमा डेढ लाख मान्छेहरू जान्छन् त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दै छौँ । बुद्धिष्ट सर्किट भन्दै छौँ ।

हामीले पनि धार्मिक पर्यटनको विकास गर्छौँ भनेका छौँ कि छैनौँ ? म अहिले कम्युनिस्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेट्नुपर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुवस्त्र नलगाउनुपाए हुन्थ्यो भनेर निकै कोसिस गर्नुभयो ।

तर, त्यहाँ महाकालेश्वरको के रहेछ भने, मुख्य अतिथिले त्यो लगाउनैपर्ने प्रोटोकल रहेछ, त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊँ भने भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो, नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त ? म लगाउन्नँ भनेको भए के हुन्थ्यो । एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे । सहज ढंगले गर्दा सबै खुसी भए । यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनुपर्दछ ।”

उनले श्रीमतीको स्वास्थ्यको कामना रुद्राक्ष चढाएको भनेर आफूलाई तल खसाल्ने काम भएको भन्दै गुनासो गरे। देश र जनताको हितमा काम गरेर फर्किएको तर नेपालमा भने पत्नीलाई बचाइदेऊ भनेर आएको भनेर गलत प्रचार गरिएको उनको भनाई थियो।

‘मैले चढाएको (रुद्राक्ष) श्रीमतीको स्वास्थ्य ठिक होस् भनेर हैन। मेरो दिमागमा पनि थिएन, चर्चा पनि भएको थिएन। यता श्रीमतीको स्वास्थ्यका लागि रुद्राक्ष चढाएको भनेर तल झारिदिने। राष्ट्रको पक्षमा, जनताको पक्षमा ऐतिहासिक काम गर्न लागेको बेलामा त सबैले मिलेर साथ पो दिनुपर्छ त।’

प्रधानमन्त्री दाहालले श्रीमती सीता दाहालको स्वास्थ्य कस्तो छ सबै सार्वजनिकै रहेको र उनको उपचार सम्भव हुने बिमारी नै नभएको बताए।

उनले अगाडि थपे, ‘म कस्तो प्रवृत्तिको मान्छे हुँ सबैलाई थाहै छ। दुई देशको सम्बम्धको कुरा छ। पत्नी बचाई पाउँ भन्छु त?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending