Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

खबरडबली संवाददाता

काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्रामा मानवीय सहायता प्रदान गरेर नयाँदिल्लीले अफगानिस्तानमा आफ्नो उपस्थिति र प्रभाव बलियो बनाएको हो ।

कुनै समयको अफगानिस्तानको अत्यावश्यक साझेदार पाकिस्तानलाई पनि भारतले सफ्ट पावरको प्रयोगबाट किनारा लगाएको निक्की एशियाले बताएको छ । प्रतिकूल परिस्थिति र मौसमका कारण चरम खाद्यान्न अभाव झेलिरहेको अफगानिस्तानलाई एकै खेपमा भारतले २०,००० मेट्रिक टन गहुँ अनुदानस्वरुप उपलव्ध गराउन लागेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी०का प्रवक्ताले आगामी महिनामा २० हजार मेट्रिक टन गहुँ इरानको चाबहार बन्दरगाहबाट अफगानिस्तानको हेरात प्रान्तमा पुग्ने बताएका छन् । अफगानिस्तानलाई अनुदानमा गहुँ प्रदान गर्ने नयाँदिल्लीको गत मार्चको यो प्रतिबद्धता दुई महिनाभित्रै पूरा हुनुले दिल्लीको उदारतालाई मात्र प्रतिबिम्वित गर्दैन अपितु ‘छिमेक पहिले’ अर्थात् छिमेकीलाई पहिलो प्राथमिकता भन्ने उसको विदेश नीति कार्यान्वयन भएको मान्न सकिन्छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा अघाषित भोकमरी छ । देशका एक करोड ९० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाबाट ग्रस्त छन् । पर्याप्त भोजनको अभावमा जीवन वा जीविकोपार्जनलाई जोखिममा पारेको जापानी प्रकाशन निक्कीले छापेको छ ।

अफगानिस्तानमा महिलालाई संयुक्त राष्ट्रसङ्घका साथै अन्य राष्ट्रिय एवम् अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न निषेध गरेपछि अन्तरराष्ट्रिय समुदायमा आक्रोश पैदा भयो । त्यसले गरिब राष्ट्रको भविष्यका बारेमा थप चिन्ता बढायो भने संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानबाटै बाहिरिने विषय पनि सतहमा आयो तर त्यहाँको परिस्थितिर्ला दृष्टिगत गरेर भोकमरीको चपेटामा परेका लाखौँ अफगानीलाई खाद्यान्न सहायता पु(याउन प्रतिबद्ध रहेको डब्ल्युएफपीले बताएको छ । “देशभरि मानवीय आवश्यकताहरू धेरै उच्च छन्, भारतकोे योगदानले हामीलाई भोकाएका परिवारहरूमा पुग्न मद्दत गर्नेछ,” डब्ल्युएफपीका प्रवक्ता भन्छन् ।

मानवीय सहायतालाई निरन्तरता दिने भारतको निर्णयले अफगानिस्तानलाई अत्यावश्यक सहायताको महत्वपूर्ण दाताको रूपमा भारतको स्थितिलाई मात्र बलियो बनाउँदैन बरु अगस्ट २०२१ मा सत्ता हातमा लिएको तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता नदिए पनि सकारात्मक सम्बन्ध निर्माण गर्ने नयाँदिल्लीको चाहना स्पष्ट प्रकट गरेको छ ।

नयाँदिल्लीले गत वर्षको मध्यमा काबुलमा प्राविधिक टोली तैनाथ गरेर आफ्नो कूटनीतिक उपस्थिति कायम राख्नुलाई विज्ञहरूले भारतको भूराजनीतिक स्वार्थ र सुझबुझपूर्ण कदम भनेका छन् । अहिलेको खाद्यान्न सहायताले भारतले सहायता प्रदान गर्ने तरिकामा भूराजनीतिक रूपमा महत्वपूर्ण परिवर्तनलाई प्रतिनिधित्व गरेको उनीहरूको ठम्म्याइ छ ।

अफगान सङ्कट सम्बोधन गर्न भारतले पाकिस्तान हुँदै ५० हजार टन गहुँ ढुवानी गर्ने प्रस्ताव गरेको थियो । लामो छलफल रस्साकस्सी तालिवानको दबाबपछि अन्ततः पाकिस्तानले नोभेम्बर २०२१ मा ढुवानी सहमति दिएको थियो । भारतीय गहुँको पहिलो खेप पाकिस्तानबाट गत फेब्रुवरीमा काबुल पुगको थियो । गहुँ आपूर्तिको बाँकी काम पूरा नहुँदै पाकिस्तानले ढुवानीको समयसीमा बढाउन अस्वीकार गरेपछि इरानको चाबहार बन्दरगाहको प्रयोग भारतले गरेको हो । भारत र पाकिस्तानबीचको जटिल सम्बन्धलाई अहिले अफगानीहरूले पृथक् ढङ्गले हेरेका छन् । उनीहरूको समर्थन भारतप्रति रहेको स्पष्ट देखिन्छ ।

काजाकिस्तान, स्वीडेन र लाटभियाका लागि पूर्वभारतीय राजदूत अशोक सज्जनहर चाबहार बन्दरगाहको प्रयोगले अफगानिस्तान र मध्य एसियामा भारतको पहुँच अभिवृद्धि भएको तथा पाकिस्तानको अपरिहार्यतालाई खुम्चिएको टिप्पणी गर्छन् । इस्लामाबाद र काबुलका तालिबानसँगको सम्बन्ध पनि दक्षिणतिर सरेको उनको विश्लेषण छ । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध भएकाले अफगान भूमिमा भारतको कूटनीतिक नभइ प्राविधिक उपस्थिति श्रेयस्कर हुने उनी बताउँछन् । अफगानिस्तानका वास्तविक पीडितसम्म सहायता पु¥याउन भारतको प्राविधिक उपस्थिति आवश्यक भएको उनको कथन छ ।

अफगान तालिबानसँग इस्लामाबादको सम्बन्ध बिग्रिएको छ, काबुलको अक्षमता वा पाकिस्तानी तालिबान आतङ्कवादीहरूलाई लगाम लगाउन अनिच्छुक भएको कारण । इस्लामाबादले सधैं आफ्नो प्रभाव क्षेत्र भित्र रहेको विश्वास गरेको देशसँगको सम्बन्धलाई अब भारतले बलियो बनाउँदै गएको पूर्वराजदूत सज्जनहर बताउँछन् ।

एक जना पाकिस्तानी विश्लेषक भने भारत र अफगानिस्तान स्वायत्त देश भएकाले उनीहरूको सम्बन्धलाई पाकिस्तानको नजरबाट हेर्न नहुने तर्क गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयमा नीति सल्लाहकार रहेका मोशर्रफ जैदी भारत र अफगानिस्तान स्वतन्त्र देश हुन् जसले एकअर्कासँग स्वायत्त, स्वतन्त्र सम्बन्ध कायम गर्नु नौलो विषय नभएको टिप्पणी गर्छन् । क्षेत्रीय रूपमा जति धेरै देश एकअर्काबीच सहकार्य र साझेदारी गरेर अघि बढ्छन् त्यसले पाकिस्तानको अहित नहुने उनको बुझाइ छ । आणविक शक्ति सम्पन्न पाकिस्तान र भारतबीचको द्वन्द्व अन्त्य हुनुपर्नेमा उनको जोड छ । अफगानिस्तान र भारतकोजस्तै पाकिस्तानसँगको सम्बन्ध पनि सुमधुर भएका क्षेत्रीय शान्ति र समृद्धिमा योगदान पुग्ने उनी बताउँछन् ।

अफगानिस्तानका अन्तर्राष्ट्रिय रूपमा पृथक् रहेको र एक्लिएको अफगानिस्तानले आफ्नो भूमिमा भारतको उपस्थितिलाई स्वागत गरेका छन् । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद भारत यस क्षेत्रको महत्वपूर्ण देश भएकाले अफगानिस्तानले उसलाई उच्च महत्व दिएको बताउँछन् । “हामी भारतसँग राम्रो, मैत्रीपूर्ण र बलियो जन–जनताको सम्बन्ध राख्न चाहन्छौँ, भारतले भर्खरै २०,००० मेट्रिक टन गहुँ दिने घोषणा गरेको तथ्य अफगानिस्तानका जनताका लागि ठूलो सहयोग हो । हामी यो सहयोगको लागि भारतका जनता र सरकारप्रति धेरै आभारी छौँ,” उनले निक्की एशियालाई भनेका छन् ।

अफगानिस्तान र भारतबीच गहिरो सम्बन्धका अन्य सङ्केतहरू भए पनि नयाँदिल्लीले काबुलसँग खासै अपेक्षा गरेको छैन । भारतले गहुँ उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि तालिवानको परराष्ट्र मन्त्रालयले मार्चको मध्यमा भारतीय दूतावासमार्फत मन्त्रालयका आफ्ना कर्मचारीका लागि चारदिने तालिम व्यवस्थापन गरेकामा भारतप्रति आभार व्यक्त गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

सरकारसँग आन्दोलनरत शिक्षकको वार्ता जारी

काठमाडौँ। आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराय...

यू-१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग घरेलु मैदानमै नेपाल स्तब्ध

काठमाडौँ। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ...

चलचित्र बोर्डको निर्णयविरुद्ध अदालत गयो ‘प्रकाश’ टिम

काठमाडौँ। फिल्म  ‘प्रकाश’को टिमले चलचित्र बोर्डको विरुद्धमा उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरेको छ।  फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक वि...

‘नाङ्गो गाउँ’को व्यापार ३ करोड ३५ लाख

काठमाडौँ।  भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।  निर्माणपक्षले बुधब...

पाकिस्तानको आम चुनाव जनवरी अन्तिममा

काठमाडौँ।  पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति ज...

कांग्रेस बैठक : मंसिर १३ बाट महासमिति बैठक राख्न प्रस्ताव पेस

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमै, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थान...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending