Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

बिआरआई अन्तर्गतका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनसँग प्रस्ताव गरेका छौँः अग्नि सापकोटा

खबरडबली संवाददाता

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुनकुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उनले बताए । 

‘प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बिआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो,’ उपाध्यक्ष सापकोटाले भने, ‘मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।’

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिन फिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाले जानकारी दिए । अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाधरुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाइ छ । ‘अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

उपाध्यक्ष सापकोटाले काठमाडौँ–ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ,’ उनले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए । ‘एउटा कम्युनिस्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिस्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो,’ उनले भने, ‘तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।’  

अहिलेको पस्थितिमा नेपाल र चीनको सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउने आवश्यकता रहेको उल्लेख गर्दैै उनले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताए । ‘चीनले आर्थिक क्षेत्रमा धेरै प्रगति गरेको छ, चीनबाट धेरै सिक्न सक्ने विषय छन् । नेपाल–चीन सम्बन्धलाई मैत्रीपूर्ण, सुदृढ र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ,’ उनले भने । 

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उनले जानकारी दिए । ‘अहिले छलफलमा आवश्यक भएका विषय र मिलेर अगाडि बढ्ने विषयमा बृहत कुराकानी भयो,’ उनले भने, ‘भ्रमण उपलब्धिमुलक र फलदायी रह्यो ।’

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

सरकारसँग आन्दोलनरत शिक्षकको वार्ता जारी

काठमाडौँ। आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराय...

यू-१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग घरेलु मैदानमै नेपाल स्तब्ध

काठमाडौँ। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ...

चलचित्र बोर्डको निर्णयविरुद्ध अदालत गयो ‘प्रकाश’ टिम

काठमाडौँ। फिल्म  ‘प्रकाश’को टिमले चलचित्र बोर्डको विरुद्धमा उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरेको छ।  फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक वि...

‘नाङ्गो गाउँ’को व्यापार ३ करोड ३५ लाख

काठमाडौँ।  भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।  निर्माणपक्षले बुधब...

पाकिस्तानको आम चुनाव जनवरी अन्तिममा

काठमाडौँ।  पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति ज...

कांग्रेस बैठक : मंसिर १३ बाट महासमिति बैठक राख्न प्रस्ताव पेस

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमै, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थान...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending