Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

बागमती प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । 

उक्त बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भई सरकारलाई विभिन्न विधामा सुझाव समेट्न आग्रह गरे ।

उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा सर्पको टोकाइबाट घाइते भएका बिरामीलाई उपचार गर्ने प्राविधिकसहितको अस्पताल स्थापना गर्ने कुनै नीति तथा कार्यक्रम नभएकाले अब आउने बजेटमा प्रदेशको विभिन्न जिल्लामा सर्पदंश अस्पतालको स्थापना र दक्ष चिकित्सक उपलब्ध गराउन माग गरे ।

उनीहरुले कृषि क्षेत्रलाई उत्पादन मुलुक एवं आत्मनिर्भर बनाउन प्रदेश सरकारले पायक पर्ने स्थानमा आगामी आर्थिक वर्षमा मलखाद्य कारखाना स्थापना गर्ने र मल र बीउविजन कृषकलाई उपब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई स्रोतसाधन परिचालन गरी सर्तकमा राख्नु सुझाव दिए ।

प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जालसँग जोडिने कृषि सडक, खानेपानी, स्वास्थ्य उपचारको लागि दक्ष चिकित्सक र जनशक्ति उपलब्ध गराउन सरकारले दलीय स्वार्थभन्दा माथि उठेर प्रतिपक्षको आवाजलाई पनि कार्यान्वयन गर्नुपर्ने माग गरे । बागमती प्रदेशको काठमाडौँमा अहिले निकै पानीको अभाव सिर्जना भएको र ती प्रत्येक टोलमा आवश्यकताअनुसार, खानेपानीको लागि वृद्धि योजनाका लागि बजेट र प्राविधिक जनशक्ति उपलब्ध गराउन आगामी बजेटमा समावेश गर्नेतर्फ माग गरे ।

यस्तै प्रदेशको चितवनस्थित कृषि तथा वन विश्वविद्यालयलाई प्रदेश सरकारले सहकार्य र समन्वय गरेर प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादनका लागि अनुसन्धानात्मक परियोजनाको सञ्चालन, वातावरण संरक्षणका लागि गुरु योजना तर्जुमा गरी जैविक क्षेत्रको संरक्षणमा टेवा पु¥याउन नीति तथा कार्यक्रमले समेट्न नसकेकामा थप कार्यक्रमको तर्जुमा गरी लागू गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले अब नीति तथा कार्यक्रमलाई केबल औपचारिकरुपमा राखी प्रदेशको मूल स्रोतमा रहेको राजस्व सङ्कलन एवं आर्थिक सूचकलाई जनभावनाअनुसार व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरकारले आर्थिक उदारीकरणतर्फ ध्यान दिनुपर्ने र अनावश्यक मन्त्रालयको हेरफेर र यी सवारीसाधनलाई खरिदलाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिए ।

सरकारी विद्यालयमा पहुँच नभएका बालबालिका मात्रै अध्ययन गर्ने भएकाले निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो भएकाले अब सरकारले सबै प्रकारको अभिभावकका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्ने खालको नीतिगत तहमा शिक्षाको गुणस्तरलाई अगाडि बढाउन माग गरे ।

सो बैठकमा प्रदेशसभाका सदस्य क्रमशः डा दिनेशचन्द्र देवकोटा, गोविन्द लम्साल, श्यामबहादुर खड्का, मातृकाप्रसाद भट्टराई, जयराम थापा, रामकुमार पहाडी, गिरबहादुर तामाङ, कुला धामी, यमुनादेवी श्रेष्ठ, ओमकुमारी श्रेष्ठ, उर्मिला सुनुवार, रमेशकुमार महत, शैलेन्द्र बज्राचार्य, भरतबहादुर केसी, समितादेवी खड्की, किरण थापामगर, सुना परियार, अमनकुमार मास्के, मधुकुमार श्रेष्ठ र मिना पराजुली पोखरेलले सुझाव प्रस्तुत गरेका थिए । 

बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक जेठ १८ गते बिहान १०ः३० बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान निर्वाचन ; झापाको मताधिकार खारेज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...

विद्यालय शिक्षा विधेयक संशोधन गर्न कांग्रेसले सहकार्य गर्ने

काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...

सरकारले अपराधको राजनीतिकरण गरिरहेको छ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...

शिक्षक महासंघसँगको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टी

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending