Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ ।

सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्व बढाउन, मानव पुँजीको विकास, रोजगरीको अवसर सिर्जना गर्ने उल्लेख छ ।

प्रदेशमा रहेका सबै किसिमको पछौटेपन तथा आर्थिक सामाजिक विभेदको अन्त्य र गरिबीलाई न्यूनीकरण गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश दीर्घकालीन सोचलाई मूर्तरुप दिने प्रस्तावमा मुख्यमन्त्री कार्कीले समेटेका छन् ।

प्रस्तावमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सिमान्तकृत, किसान, श्रमिक, उत्पीडित तथा आर्थिकरुपले विपन्न खस आर्यसहित आमनागरिकको विकास र समुन्नतिको अपेक्षालाई सम्बोधन हुने गरी जनतामा सङ्घीय शासनप्रतिको भरोसा र भविष्यप्रतिको आशा जगाउनेतर्फ बजेटको सिद्धान्त र प्राथमिकता उल्लेख छ ।

आर्थिक वृद्धि र स्थायित्व, सङ्घीय शासन प्रणालीको सवलीकरण, योजना विकास प्रयास, समृद्धिका लागि लगानी, सामाजिक रुपान्तरण र न्यायलाई सिद्धान्त र प्राथमिकतामा महत्व दिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वित्तीय स्रोतको परिचालन, राजस्व प्रणालीको सुदृढीकरण, सेवा प्रवाहमा सुधार र सुशासन, कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

उनले औद्योगिक क्षेत्रको विकास र प्रवर्द्धन, पर्यटन क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास, स्वास्थ्य सेवा, सामाजिक विकासलाई आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकतमा रहेको जनाउँदै सहकारी र गरिबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन एवं सार्वजनिक सेवा प्रवाह र सुशासनलाई विशेष महत्वका साथ समेटेको जानकारी दिए ।

सो प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, खड्गबहादुर बस्नेत, विदुरकुमार लिङ्थेप र रमेशकुमार बस्नेतले धारणा राखे । बैठकमा प्रदेश सरकारको स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश, २०८० तथा प्रदेश निजामती सेवा ऐन ९पहिलो संशोधन० अध्यादेश २०८० सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री दिलकुमार मेन्याङ्बो लिम्बूले पेस गर्दा उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७९ को मस्यौदा सदनमा पेस भयो । प्रदेशसभा नियमावली मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले कोशी पेस गरेका थिए । 

विशेष समयमा नेपाली कांग्रेस संसदीय दलकोतर्फबाट भीम पराजुलीले विगतको कमी कमजोरीको समीक्षा गरेर आगामी आर्थिक वर्षको बजेट बनाउन सुझाव दिए । उनले प्रदेशको नामकरण पछि उत्पन्न विवादलाई समाधान गर्न सरकारकोतर्फबाट वार्ता र संवादका लागि भएको आह्वान स्वागत योग्य छ भन्दै पहिचानवादीले वार्ता गरेर समस्या समाधानमा लाग्न आग्रह गरे ।

नेकपा ९एमाले० संसदीय दलकोतर्फबाट पाँचकर्ण राईले आन्दोलनले समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले आन्दोलनरत पक्षधर वार्तामा आउन आग्रह गरे । अर्का प्रदेशसभा सदस्य राजन किरातीले स्थायी शान्तिविना विकास असम्भव भएकाले आन्दोलनकारी सरकारसँग सौह्रार्दपूर्ण वातावरणमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने भने ।

प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान निर्वाचन ; झापाको मताधिकार खारेज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...

विद्यालय शिक्षा विधेयक संशोधन गर्न कांग्रेसले सहकार्य गर्ने

काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...

सरकारले अपराधको राजनीतिकरण गरिरहेको छ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...

शिक्षक महासंघसँगको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टी

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending