पर्सा । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ ।
गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए। गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए।
दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक सिंहको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए।
नारायणी अस्पतालको बहिरङ्ग विभागमा दैनिक छ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल आठ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् भने अस्पतालको आकस्मिक विभाग पूर्ण क्षमतामा सञ्चालन भइरहेको चिकित्सकहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...
पौष ३ गते, २०८२ - १४:४०
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...
पौष ३ गते, २०८२ - १४:३२
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:४२
काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...
पौष ३ गते, २०८२ - १३:०४
कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...




प्रतिकृया लेख्नुहोस्: