Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

चेन्नई सुपर किङ्सले जित्यो आईपीएलको उपाधि

खबरडबली संवाददाता

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि  चेन्नई सुपर किङ्सले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो। 

चेन्नइका लागि डेभिड कन्वेले ४७ रन बनाउँदा ओपनर ऋतुराजले २६ रन बनाए। त्यस्तै अजिक्य रहाणेले २७ बनाए भने  शिभम दुबे ३२ रनमा नटआउट रहे। गुजराजका मोहित शर्माले तीन तथा नुर अहमदले २ विकेट लिए पनि हारलाई टार्न सकेनन्। 

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो। गुजराजतका लागि साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए। त्यस्तै ऋद्धिमान साहले ५४ तथा सुभव गिलले ३९ रन बनाए। कप्तान हार्दिक पाण्डेय २१ रनमा नटआउट रहे। ​ 

बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो। योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ। ​चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो।

त्यस्तै दोस्रो सिजन आईपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ। अहिल्लो सिजन डेब्यू खेलमै राजस्थान रोयल्सलाई हराउँदै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनार्दन शर्माको दाबी- माओवादीले २०८४ मा एक्लै लडेर बहुमत ल्याउँछ

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने दाबी गरेका छन्।  माओवादीको विराटनगर महानगरपालिका समितिल...

पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ नेताले छाडे नेकपा एस (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्। संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको...

एमाले प्रदेश अधिवेशन- ओलीको निर्देशनविपरित कोशी र कर्णालीमा आज चुनाव

काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी छ।  शनिबार ...

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक पेश गर्ने तयारी

सरकारले आयोग गठन नगरेको भन्दै संसद चल्न नदिने एमालेको चेतावनी

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : रवि लामिछाने

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रम...

कुशलको कीर्तिमानी शतकपछि आमा शर्मिला भन्छिन्– देशको नाम राख्यो निकै खुसी छु

साग केलाउँदै छोराको खेल हेरेँ

खोलाले बगाएको जीप भेटियो- एक मृत फेला, दुई अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खो...

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क

काठमाडौँ  । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन...

दुध किसानले तीन महिनादेखिको भुक्तानी पाएनन्, छ अर्ब बाँकी

काठमाडौं । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्।  ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपि...

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending