भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी तथा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेललाई सम्मान गरिँदै । तस्बिर स् सनद अधिकारीररासस
चितवन– गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् ।
आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।
द्वन्द्वकालमा श्रीमान् गुमाएकी भरतपुर महानगरपालिका–२० की सङ्गीता भट्टराई आफ्ना पतिले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिएको बताइन् । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्योअनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उनको गुनासो छ ।
उनले भनिन्, “देशका बुद्धिजीवी, कर्मचारीको सोचाइ अझै पुग्न सकेको छैन । परम्परागत सोचाइका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”
बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उनले भनिन्, “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।”
आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएकी भट्टराईले भनिन्, “कार्यान्वयन गर्ने निकायले सही ढङ्गले कार्यान्वयन नगर्दा अपेक्षा गरेअनुसारको कार्यान्वयन हुन सकेन ।”
पूर्वी चितवनको वीरेन्द्रनगरकी अरणा कँडेलले विसं २०४६ को आन्दोलनमा आफ्नो बुबा गुमाएकी थिइन् । जुन अपेक्षाअनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाउनुभयो त्यो अहिले नभएको उनको गुनासो छ । उनले प्रश्न गरिन्, “देशमा नै समस्या भइरहेको समयमा अहिले के अपेक्षा पूरा हुने रु”
जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै उनले अत्यावश्यक वस्तुको मागसमेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताइन् । उनले भनिन्, “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी छ । जनताले सहजरुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।”
सशस्त्र द्वन्द्वमा छोरा गुमाएका माडीका दण्डपाणि पौडेलले गणतन्त्र राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गरे । जनताले आजभन्दा भोलि झन समस्या झेलिरहेको बताउँदै उनले भने, “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि बढ्नुपर्छ ।”
समय अनुकूल परिवर्तनलाई महसुुस हुने गरी काम गर्न नसकेको उनले बताए ।
माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाएकी छन् । उनले भनिन्, “राज्यले परिवर्तनको अनुभूति दिन सकेन”, पीडितले न्याय पाउन नसकेको भन्दै उनले भनिन्, “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।” आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ ।
आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचेजस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: