Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

एक बर्षमा ९ सय मेघावाट विद्युत् उत्पादन गरिने

खबरडबली संवाददाता

काठमाडौं । जेठ १५ आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याकउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा। प्रकाशशरण महतले बताएका छन् ।

उनले एक बर्षभित्र नौ सय मेघावाट विद्युत् राष्ट्यि प्रशारणमा थप गरिने उनले बताएका छन् । आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्यारइने उनले बताए ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करिव ९ सय मेगावाट विद्युत राष्ट्रिनय प्रसारण प्रणालीमा थप गरिने उनले बताए । आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मेगावाट पुग्नेछ भएको छ ।
रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ उनले बताए ।

सुख्खा यामको विद्युत माग सम्बोधन गर्न र जलविद्युत निर्यात गर्न १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।
संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौ, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए । गत बर्ष सरकारले उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

यस बर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो बर्ष १२ अर्ब ३५ करोड रुपैयाँ उर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टित...

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं।  सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति&#...

प्रधानमन्त्रीलाई माधव नेपालको पत्र– गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुनसक्छ

काठमाडौँ। सत्तारुढ नेकपा एकीकृत समाजवादी वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाए...

एमालेको कर्णाली नेतृत्व छान्न भोलि मतदान

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि ९आइतबार० मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्...

पाकिस्तानलाई हराउँदै भारतले जित्यो यु–१९ साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ। पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा ...

विश्वकीर्तिमानी नेपाली क्रिकेट टोलीलाई पूर्वराजाको बधाई

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा  नेपाली क्रिकेट ...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न...

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फिर्ता भएका छन्। अध्यक्ष लिङ्देन पार्टीसम्बद्ध प्रवासी नेपाली ए...

भारत र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।  भारत र पाकिस्तानबीच ...

एमाले कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्। रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्य...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending