Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुर्खेतको अखण्ड आन्दोलनमा ढलेका शरिर आज जले

\"surkhet_sabसुर्खेत । संघीय प्रदेशको सिमाङकनलाई लिएर सुरु भएको आन्दोलनको दोस्रो दिन गते २५ गते सुर्खेतमा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । यही साउन २३ गते शीर्ष नेताहरुले मध्यपश्चिमलाई सुदुरपश्चिमसंग मिसाएर सिमाङकन गरिदिएपछि आन्दोलन सुरु भएको थियो । यसै आन्दोलनका क्रममा २५ गते सडकमा उत्रिएकाहरु मध्ये तीन जनाले प्रहरीले चलाएको गोली लागि मृत्यु भयो । ८ दिनसम्म उनीहरुको शव अस्पतालमै रह्यो । आफन्तका मागलाई सरकारले वास्ता गरेन । मृतकहरुले मध्यपश्चिमलाई छुट्टै प्रदेश चाहन्थे । सरकारले त्यो पनि पुरा गरेको छैन । उनीहरुका आफन्तले मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन् । यो पनि सरकारले पुरा गरेको छैन । सोमबार  सरकारका तर्फबाट गृहमन्त्री वामदेव गौतमले मृतकका परिवारलाई दश लाख दिने र घाइतेलाई उचार गर्ने बताए । बामदेव गौतमको भनाई सुर्खेत आइपुगेपछि दलहरुको आग्रहमा सीमाङकनको असहमतिमा ढलेका तीन शरीरहरु सोमबार नै जलेका छन् । शव आफन्तले बुझे पछि सोमबार नै श्रद्धाजली दिदै उनीहरुको दाहासंस्कार गरिएको हो । बि.स. २०२३ सालमा जन्मेका वीरेन्द्रनगर–३ का टिकाराम गौतम, वीरुेन्द्रनगर–८ का यामबहादुर विसी, वीरेन्द्रनगरकै गोपालसिंह रजवारको पार्थिव शरिर सोमबार जलाइएको हो । सिमाङकनको असहमतिमा आन्दोलनमा सहभागी विसी अधिकृतको तयारी गरिरहेका थिए । यस्तै गौतम पेन्टिङ गरेर परिवार चलाएका थिए र रजवार राम्रो कोट सिलाउने परिचय बनाएका व्यक्ति थिए । उनीहरुले यो आन्दोलनमा बलिदान दिए पनि दश लाखका उनीहरुको शरिरको अन्त्यष्टि गरिएको भन्दै नागरिक संघर्ष समितिले भने आपत्ती जनाएको छ । समितिका प्रचण्ड पोख्रेलले सिमाङकनको असहमति र मध्यपश्चिमको लागि सुरु गरिएको आन्दोलनका लागि मृत्यु भएकाहरुलाई दश लाखमा दाहासंस्कार गरिएको भन्दै आक्रोश व्यक्त गरे । राजनीतिक दलहरुको दवावमा आन्दोलनलाई कम्जोर बनाउनका लागि बलिदानी दिएका व्यक्तिहरुलाई पैसामा तुलना गरिएको उनको भनाइ छ । ‘‘जसले आफ्नो माटो, मध्यपश्चिमका लागि बलिदानी दिए,’ उनले भने–‘दलहरुको दवावमा उनीहरुलाई पैसामा तुलना गरियो यो आपत्तिजनक हो ।’’ \"surkhet_sabस्थानीय प्रशासनले मृतकको मुचुल्कामा गलत बनाएको थियो । यसले गर्दा सोमबार पनि शव नबुझ्ने पीडितहरुले बताएका थिए तर पछि मुचुल्का सच्यापछि शव बुझिएको हो । प्रहरीले छातीमा गोली लागेका गौतम र घाटीमा गोली लागेका विसीलाई हवाईफायर गर्दा खुट्टामा गोली लागेर मृत्यु भएको मुचुल्का तयार गरेको थियो । मुचुल्का सच्याएपछि शव बुझेर आफन्तले मृतकको सोमबार नै अन्त्यष्टि गरिएको छ । अन्त्यष्टिमा सुर्खेतका हजारौं नागरिकहरुको सहभागिता रहेको थियो । यहाँका सर्वसाधारणहरु र सबै राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । फेरी पनि आफन्त मृतकका मलामी जाने सबैको चाहाना थियो जे उदेश्य  वोकेर मृतकहरुले बलिदानी दिए ति सपनाहरु नतुहिउन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending