Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दक्षिण कोरियाले पानीजहाज निर्माण कम्पनीमा नेपाली कामदार लिने, कति हुन्छ तलब ?

खबरडबली संवाददाता

काठमाडौं । सन् २०२२ को कोरियाली भाषा परीक्षामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि उत्तीर्ण भएकी सिन्धुलीकी देवकुमारी रानाले हालै आफ्नो क्षेत्र परिवर्तन गर्न आवेदन दिएकी छन्।

भूपरिवेष्टित देश नेपालमा जन्मिएकी र समुद्रमा नपुगेकी भए पनि आवेदन स्वीकृत भए अब एक महिनाभित्र उनी पानीजहाज बनाउने कम्पनीमा काम गर्न दक्षिण कोरिया पुग्नेछिन्।

“भाषा परीक्षामा पास त भइयो तर जागिरको ग्यारेन्टी नहुने रहेछ, अहिले ‘सेक्टर’ परिवर्तन गर्दा कोरिया पुग्ने अवसर बढी हुने बुझेपछि मैले पानीजहाज बनाउने कम्पनीतर्फ जान आवेदन दिएकी हुँ,” उनले भनिन्।

“केटी मान्छेले पनि केटाले जस्तै जुनसुकै क्षेत्रमा काम गर्न सक्छन् जस्तो लाग्छ मलाई, त्यसैले पनि मैले ‘सेक्टर’ ‘चेन्ज’ गर्न खोजेको हो।”

गत वर्ष तेस्रो पटक भाषा परीक्षा पास गरेका र पहिले एक पटक कोरिया पुगेर उत्पादनमूलक क्षेत्रमै काम गरिसकेका म्याग्दीका पूर्णबहादुर थापाले पनि हालै ‘शिपबिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कम्पनीमा काम गर्नका लागि आवेदन दिएका छन्।

उनी भन्छन्, “पहिले हुन्डाई गाडी कम्पनीका लागि पार्टपुर्जा बनाउने कम्पनीमा काम गरेर सन् २०१७ मा नेपाल फर्किएको थिएँ। अब नयाँ क्षेत्र खुल्यो भनेपछि मलाई त्यसैमा जान मन लागेर निवेदन दिएको हुँ।”

‘शिपबिल्डिङ’ क्षेत्रमा नेपाली कामदार

सरकारी योजना अनुसार काम भएमा आगामी जुन महिनाको तेस्रो सातासम्ममा सिन्धुलीकी राना र म्याग्दीका थापाजस्तै सात सयभन्दा बढी नेपाली कामदारहरू कोरियाको ‘शिपबिल्डिङ’ क्षेत्रमा कामका लागि जानेछन्।

नेपाली अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरूले त्यहाँ बढीमा सुरुका दुई महिनासम्म तलबसहित प्राविधिक तालिम प्राप्त गर्नेछन्। र, त्यसपछि नियमित कामदारका रूपमा जागिर पाउनेछन्।

“शिपबिल्डिङ क्षेत्रमा यसरी नेपाली कामदारहरू जान लागेको यो पहिलो पटक हो। हुन त पहिले म्यानुफ्याक्चरिङ क्षेत्रमा गएका केही कामदारहरूले शिपबिल्डिङमा पनि काम गर्नु भएको हुनसक्छ,” वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले भने।

उनका अनुसार हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो। यसपालि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा लिने भएको हो।

“यसपालि शिपबिल्डिङमा पनि लाने भनेर कोरियाबाट आयो। यो पहिलो पटक भएकाले हामीले म्यानुफ्याक्चरिङतर्फको ‘रोस्टर’मा भएकामध्ये एक हजार दुई सय १० जनालाई क्षेत्र परिवर्तनका लागि आह्वान गरेका थियौँ,” उनले भने।

“त्यसमध्ये बिहीवारसम्म ७२६ जनाले क्षेत्र परिवर्तनका लागि आवेदन दिनु भएको छ।” ईपीएस शाखाका अनुसार यसरी क्षेत्र परिवर्तन गर्नका लागि शुक्रवारसम्मको समय दिइएको छ।

तलब कति हुन्छ?

नेपालले सन् २००८ देखि सरकार-सरकारबीचको समझदारी अन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउदै आएको छ। त्यसका लागि सुरुमा नेपालीहरूले कोरियाली भाषा परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुपर्छ।

त्यसरी उत्तीर्ण भएका मध्येबाट विभिन्न खाले मूल्याङ्कनको आधारमा कामदारहरू कोरिया जान पाउँछन्। ईपीएस प्रणालीमा कामदार छान्ने कार्यमा कोरियालीहरू नै प्रत्यक्ष रूपमा सामेल हुने गर्छन्।

त्यसरी गएका नेपाली कामदारको अहिले न्यूनतम तलब मासिक करिब दुई लाख रुपैयाँ रहेको कटुवाल बताउँछन्।
“न्यूनतम मासिक तलब करिब दुई लाख रुपैयाँ नेपाली हुन्छ तर कम्पनी अनुसार त्यसभन्दा माथि तलब पन हुने गर्छ,” उनले भने।

कस्ता काम हुन्छन्?

कटुवालका अनुसार नेपाली कामदारहरूले पानीजहाज निर्माण क्षेत्रमा विशेषगरी वेल्डिङको काम गर्नेछन्। त्यस बाहेक पेन्टिङ र इन्सुलेसनको काम पनि नेपालीहरूले गर्न पाउनेछन्।

“नेपालीहरू पूर्ण दक्ष कामदार नभएकाले अन्य निर्माणमा सहभागी हुने सम्भावना कम हुन्छ,” उनले भने। पानीजहाज बनाउनका लागि विभिन्न निर्माण कम्पनीहरूले विभिन्न खाले सानासानादेखि ठूलाठूला उपकरण एवं सामग्री बनाउनुपर्ने हुने र त्यस्ता कम्पनीमा नेपालीहरू जाने उनको भनाइ छ।

कोरियाली विदेश मन्त्रालयका अनुसार उक्त देशबाट निर्यात हुने प्रमुख वस्तुमध्येमा पानीजहाज पनि मुख्य हो। उक्त मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार ‘कोरिया विश्वकै धेरै पानीजहाज बनाउने मध्येको एक देश’ हो।

कोरियामा नेपाली कामदार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२२ मा नेपालबाट कोरियामा १२ हजारभन्दा बढी कामदारहरू गएका थिए। तर सन् २०२१ र २०२० मा कोभिडका कारण एकदमै न्यून कामदार मात्र कोरिया पुगेका थिए।

नेपाल र कोरियाबीच सरकार सन् २००७ मा ईपीएस प्रणालीबाट नेपाली कामदारहरू पठाउने एउटा सम्झौता भएको थियो। सोही सम्झौताका आधारमा सन् २००८ देखि नेपाली कामदारहरू कोरिया जान थालेका हुन्।

सन् २०२१ को नोभेम्बरमा नेपाल र कोरियाले ईपीएस प्रणालीसम्बन्धी सम्झौता नवीकरण गरेका थिए। त्यस क्रममा कोरियाले बर्सेनि लाने नेपाली कामदारको कोटा बढाएको थियो। नयाँ व्यवस्था अनुसार हाल कोरियाले वार्षिक रूपमा औसत ८ हजार नेपालीलाई रोजगारी दिँदै आएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending