Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’

चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको कुँवरले बताए । ‘पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्नुस् । प्रक्रिया पुर्‍याएर सम्माननीय राष्ट्रपतिज्यू कहाँ जाहेर गर्नुस् भनेर भनेको छु,’ कुँवरले भने ,‘२० वटा फाइल छ रे । हिजो साढे २ बजे फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ ।’

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

कांग्रेस भेलाको समापनमा धर्मको विषयले विवाद : निधि र महतबीच मञ्चमै 'कागज खोसाखोस'

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

देश रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending