Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शिवशिखर सहकारी ठगी प्रकरण : चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

खबरडबली संवाददाता

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ ।

उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन  बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ । सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

“तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन् ।” उनले भने, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।” प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो ।

त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए । 

“सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ ।” उनले भने– “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।” प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पकबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन् । 

यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन् । 

सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले रु एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ । सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ  भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब रु ४१ करोड निक्षेप सङ्कलन गरेको बताए । “हिजोसम्म ६८० बचतकर्ताले रु १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन् ।” उनले भने– “यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके ।”

प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन् । त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात सङ्कलन गरिरहेको जनाएको छ ।

उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ । डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies