Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा मिलाइयो, आजै मन्त्रिपरिषद विस्तार हुने

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेश सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको छ । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । अब नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ ।

मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । आज कांग्रेसबाट थप चार मन्त्री सरकारमा सामेल हुँदैछन् । तीमध्ये तीन जनालाई विभागीय जिम्मेवारी दिने र बाँकी एक जनालाई तत्काल बिना विभागीय जिम्मेवारीमा राखिने भएको छ । 

हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

नेपालगन्जका विद्यालय पुन: तीन दिन बन्द

नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending