Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएको छन् । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताए । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कङ्गाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढङ्गले राम्रो रहेको बताए। 

“मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्याङ्क र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्याङ्कको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ”, उहाँले भने। 

नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्याङ्कलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताए । “नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भने, “बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।”

भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गतल रहेको उल्लेख गर्दै उहाँले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताए।  “पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखाँै श्रमिकको जीवन र भविश्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।”

सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उहाँको भनाइ छ । “यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्”, प्रधानमन्त्री दाहालले भने, “तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमश: समाधान गर्दै जान थालेका छौँ, मुख्यत: भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।”

सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताए। “कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्‍याएर छाडिन्छ”, उनले भने । 

कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शङ्का गर्ने गरिएको उहाँको भनाइ छ । “हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो”, प्रधानमन्त्री दाहालले भने । 

शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरु निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । उनले सदनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याए । 

“अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नुपर्ने केही कारण छैन”, प्रधानमन्त्री दाहालले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending