Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

भैरहवा बन्ला त फूलै फूलको सहर ?

खबरडबली संवाददाता

रुपन्देही । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ ।  बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान् गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ । 

सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझ सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने एक महत्त्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ ।  

पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन् । भैरहवा ऐतिहासिक सहर हो । यसलाई फूलैफूलको सहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ । भैरहवा मात्रै होइन सिङ्गो सिद्धार्थनगर नगरपालिकालाई नै फूलैफूलको सहर बनाउने योजना नगरपालिकाको छ । जसका लागि गत वर्षदेखि वृक्षारोपण अभियान चलाइएको छ ।

गतवर्ष नगरका प्रमुख इस्तियाक अहमद खानले बेलहियामा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका थिए । सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएकोले यहीँबाट अभियानको थालनी गरिएको थियो । नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियान अहिले सुस्ताएको छ । नगरले यो क्षेत्रलाई फूलको सहर बनाउने योजना अघि सारे पनि बजेट व्यवस्थापन भने गरेको छैन ।

नगर प्रमुख ईस्तियाक अहमद खाँनले प्रमुख पदमा निर्वाचित भएपछि आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने घोषणा गरेका थिए । उनी नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

 मत बराबरकै वृक्षारोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । “हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक/दुई महिनापछि फेरि सुरु हुन्छ”, नगर प्रमुख खाँनले भने, “गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।” नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षारोपण अभियान चलाएको उनले बताए ।

भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ । 

राजमार्गको दुवै किनार र बीच भाग (डिभाइडर) तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूल/रुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् । नगरको  सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उनको भनाइ छ । 

“स्वच्छ, हराभर नगर बनाउने हाम्रो योजना हो, यसमा सबैले साथ दिनुभएको छ”, उपप्रमुख अधिकारीले भनिन् । सिद्धार्थनगर नगरपालिका हुँदै सयौँ पर्यटक बुद्धजन्मस्थल पुग्ने भएकाले नगरको सौन्दर्यकरण गर्न आवश्यक रहेको उनले बताइन् । “हामी बिरुवा रोप्ने मात्रै होइन हर्काउने कुरामा पनि ध्यान दिन्छौँ, रोपिएका बिरुवाको संरक्षका लागि नगरवासीको पनि साथ लिएका छौँ”, अधिकारीले भनिन् ।

हरेक दिन साँझबिहान बिरुवामा पानी राखिन्छ । बिरुवा संरक्षणका लागि कर्मचारी खटिएका छन् भने स्थानीयले पनि बिरुवा संरक्षणमा सघाएका छन् । “नगर राम्रो हुँदा फाइदा हामीलाई नै हो, त्यसैले भित्री सडकमा समेत वृक्षारोपण गरेका छौँ, स्थानीय व्यवसायी सपना हमालले भनिन्, “सबै घर अगाडि फूल रोप्ने र संरक्षणको काम गरेका छौँ ।” नगरपालिकाले नीति नै बनाएर अभियानको सुरुवात गरेको हो ।

नगरपालिकाको  ११औंँ नगरसभाले नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । योजना नगरको भए पनि यो योजना पूरा गर्न विभिन्न सङ्घ संस्थाले साथ दिएका छन्  । सामाजिक र व्यावसायिक सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरमा वृक्षारोपण गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

उनका अनुसार नगरमा एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र लायन्स क्लब तथा विभिन्न सहकारीले बिरुवा लगाउने गरेका छन् । “जिल्ला वन कार्यालयलाई बिरुवा ठिक्क पार्न भनेका छौँ, केही दिनपछि फेरि वृक्षारोपण सुरु हुन्छ”, उनले भने, भैरहवाको बुद्धचोकदेखि बसपार्कसम्म विभिन्न प्रजातिका बिरुवा तथा फूलहरु लगाइएका छन् । पहिलेभन्दा अहिले नगर धेरै हरियाली भएको छ, अझै बाँकी ठाउँमा फूल अन्य प्रजातिका बिरुवा रोप्ने तयारीम छौँ,” उनले भने । 

नगरको लगानी नभएका कारण कति बिरुवा रोपियो भन्ने तथ्याङ्क नगरपालिकासँग छैन । सिद्धार्थनगर नगरपालिाका अनुसार विसं १९९० सम्म नगन्य रूपमा मात्र बस्ती भएको यस नगरमा विसं २०१० मा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । 

विसं २०२४ मा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । 

विसं २०३३ देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । कूल १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली नाका सिमाङ्कन गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending