Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नक्कली शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्न सरकारी वकिललाई समय कम

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने समयसीमा नजिकिँदै गर्दा प्रहरी परिसर काठमाण्डूले अनुसन्धान प्रतिवेदन शुक्रवारसम्म सरकारी वकिलको कार्यालयलाई बुझाउनेगरी काम भइरहेको जनाएको छ।

उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका १४ जनामध्ये १३ आरोपितसँग बयान लिइसकिएको र एक जनासँँग अझै लिन बाँकी रहेको प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए।

यो प्रकरणमा आफ्नो नाम पनि मुछिएको भन्दै प्रहरीसमक्ष आफैँ उपस्थित भएका पूर्वसांसद आङ्टावा शेर्पाबाहेक बाँकी १३ जनाको बयान सकिएको उनले बताएका हुन्।

प्रहरीले यो प्रकरणमा ठगी तथा सङ्गठित अपराधतर्फ अनुसन्धान गरिरहेको छ र त्यसअनुसार ६० दिनभित्र मुद्दा अदालतमा दर्ता भइसक्नुपर्छ।

आगामी सोमवारसम्ममा सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गरेर अदालतमा अभियोगपत्र लैजानुपर्ने सरकारी वकिलको कार्यालय काठमाण्डूले जनाएको छ।

"त्यसलै हामीले केही दिनअघि नै प्रहरीलाई छिटो अनुसन्धान प्रतिवेदन बुझाउन भनिसकेका छौँ," जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका सहन्यायाधिवक्ता तथा कार्यालय प्रमुख अच्युतमणि नेउपानेले भने।

प्रहरीले भने अनुसन्धान अन्तिम चरणमा रहेको र शुक्रवारसम्ममा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसक्ने जनाएको छ।

"सरकारी वकिलको कार्यालयलाई मुद्दा दर्ता गर्ने मितिभन्दा दुई-तीन दिनअघि प्रतिवेदन पुर्‍याउने हामीले लक्ष्य लिएका छौँ। अनुसन्धान सकिसकेपछि प्रतिवेदन शुक्रवारसम्म पठाउँछौँ अनि सरकारी वकिलको कार्यालयले अभियोजन गर्न थाल्छ," प्रवक्ता रिजालले भने।

अहिलेसम्म यो प्रकरणमा छ जनाले आफू पीडित भएको र आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै २३ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ।

त्यसअनुसार प्रहरीले अनुसन्धानकै क्रममा पक्राउ गरेकामा भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत १४ जना छन्।

आरोपित १४ जनालाई नै बुधवार जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराउन लागिएको प्रहरी परिसरले जनाएको छ।

यसअघि हिरासतमै राखेर अनुसन्धान गर्नका लागि लिइएको म्याद सकिए पनि अनुसन्धान नसकिएका कारण प्रहरीले उनीहरूलाई बुधवार अदालतमा पेस गरिएपछि थप तीन दिन हिरासतमा राख्ने अनुमति पाएको छ।

पक्राउ परेर वा आत्मसमर्पण गरेर उनीहरू फरकफरक समयमा प्रहरी हिरासतमा पुगेको भए पनि सबै जनाविरुद्ध सरकारी वकिलको कार्यालयले तोकिएको समयभित्रै मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

"हामीसँग समय कम छ तर जति नै कम भए पनि हामीले अभियोगपत्र दर्ता ६० दिनभित्र गरिसक्नुपर्छ," सहन्यायाधिवक्ता नेउपानेले भने। उनका अनुसार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेपछि त्यसमाथि काम गर्नका लागि सरकारी वकिलको कार्यालयमा उनीसहित पाँच जनाको टोली छ।

सरकारी वकिलको कार्यालयले के गर्छ?

सबै आरोपितको बयान लिने काम सकिएपछि अनुसन्धान प्रतिवेदनसहित प्रहरीले पहिला मिसिल सरकारी वकिलको कार्यालयलाई बुझाउँछ।

उक्त मिसिलमा अहिलेसम्म फेला परेका प्रमाणहरूसहित सबै कागजपत्र हुन्छन्। उक्त मिसिल र प्रतिवेदनको अध्ययन गरेर मात्रै को आरोपितविरुद्ध कुन मुद्दा लगाउने वा नलगाउने निर्णय सरकारी कार्यालयले गर्छ।

त्यसका लागि गर्नुपर्ने विश्लेषणका लागि आफूहरूसँग अब निकै कम समय हुने सहन्यायाधिवक्ता नेउपानेले बताए।

"यो मुद्दामा के भइरहेको छ भनेर हामी जानकार भए पनि अनुसन्धानका क्रममा कसले के भन्यो के प्रमाण प्रहरीसम्म आइपुग्यो त्यसको विश्लेषण गर्न बाँकी नै छ। कानुन, तथ्य र प्रमाणको विश्लेषण गरेर दफाहरू उल्लेख गरी अभियोग लगाउनुपर्ने हुन्छ," नेउपानेले भने।

"यो सबै काम बाँकी नै छ। तर दिनरात गरेर भए पनि मुद्दा अभियोजन गर्नुको विकल्प हामीसँग छैन।"

कस्तो अभियोग लाग्ला?

अहिलेसम्मको अवस्था हेर्दा अरू कुनकुन मुद्दा आकर्षित हुन्छ भनेर निर्क्योल गर्न नसकिएको प्रहरी प्रवक्ता रिजालले बताए। तर उक्त कुरा सरकारी वकिलको कार्यालयमा पठाइने अनुसन्धान प्रतिवेदनमा उल्लेख हुने उनले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचारलगायत देशद्रोहसम्बन्धी मुद्दा पनि आकर्षित हुने भन्दै विज्ञहरूले आफ्नो धारणा राख्दै आएका छन्।

यदि अनुसन्धानका क्रममा ती विषयहरू आकर्षित हुने देखिए आफूहरूले सम्बन्धित निकायलाई त्यसबारे पत्र लेखेर पठाउने प्रहरी परिसरले जनाएको छ।

"अनुसन्धानमा के-के आकर्षित हुन्छ, त्यो कुराहरू उल्लेख गरेर यो-यो मुद्दा आकर्षित हुन्छ र यसका लागि यो-यो दफा लगाउनुपर्छ भनेर अनुसन्धान प्रतिवेदन पेस गर्छौँ," प्रवक्ता रिजालले भने।

त्यसरी आइपुग्ने प्रतिवेदन अध्ययनका लागि आफूहरूसँग निकै कम समय हुने नेउपाने बताउँछन्। सरकारी वकिललाई प्रहरीको प्रतिवेदन अध्ययन र विश्लेषणका लागि जति कम समय दियो त्यति नै अभियोगपत्र कमजोर हुन सक्ने आशङ्का पनि कतिपयले व्यक्त गर्ने गरेका छन्।

अहिलेसम्म के भयो?

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ 

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending