Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

खबरडबली संवाददाता

काभ्रे । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उनलाई सहिद घोषणा गरेको हो । यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आएका थिए । मुकेशको गत बुधबार साँझ बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि अर्थात् ३२ वर्षमा मुकेशको निधन भएको हो । अघिल्लो हप्तादेखि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

जनआन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा पढ्दै  । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते कायस्थलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् नखुल्लेकै ९अचेत० अवस्थामै निधन भयो । उनी बोल्नसमेत सक्दैनथिए । बायाँ हात र बायाँ गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो नै थियो । 

मुकेशको बिहीबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई बाबु कृष्णमानले दागबत्ती दिएका थिए । नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बनेपा बजार परिक्रमा गरी उग्रतिर्थेश्वर लगिएको थियो । श्रद्धाञ्जलि अर्पणका लागि मुकेशको शवलाई बिहान ११ देखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता–कार्यकर्ता उपस्थित थिए । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

मुकेश परिवारको एक्ला छोरा हुन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका कायस्थलाई ‘जिउँदो सहिद’ भन्ने गरिँदै आइएको थियो । उनी ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहेका थिए । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही चलाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खानेकुरा खाने र ह्वीलचियरमा अडिन सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्दै आएको थियो । 

स्वाथ्योपचारलगायतका लागि उनको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उनलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्व रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो ।

बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । तर मुकेश पाँच वर्षदेखि दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिँदै आएको थियो । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिन्थे ।

कसैले उनको नाम लिएर बोलाउँदा ‘हँहँ, माँ’ भनेर बोल्नसक्ने मुकेश एक वर्षदेखि बोल्न सकेका थिएनन् । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा बिरामी परेपछि पेटमा पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । बिरामी परेयता मुकेश दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्थे । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुनेसम्म गर्थे ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा बसेको थियो कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् । तर देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकामा मर्माहित थियो सो परिवार । 

आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले उक्त परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । परिवारका अनुसार पछिल्लो वर्ष मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहेका थिए । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय–समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।

दोस्रो अनआन्दोलनका क्रममा काभ्रेका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि, आजपा अध्यक्ष साहसँग पनि भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ।  सभापति लाम...

धुम्बाराहीमा कांग्रेस संस्थापनइतर समूहको भेला, कुन- कुन नेता सहभागी भए ?

काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

भक्तपुर र महोत्तरीमा सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending