तुलसीपुर । सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने व्यवस्था गरेको भए पनि यस्ता समुदायसँग प्रत्यक्षरूपमा जोडिने स्थानीय सरकारले भने यसमा ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । यसले गर्दा वास्तविक समुदायले यो सुविधा उपभोग गर्न नपाएको पूर्वकम्लरी सुलोचना चौधरीले बताइन् ।
“योजना तर्जुमा गर्दा सामाजिक समावेशीकरणको नीतिलाई समाहित गर्ने गरेको पाइँदैन । अहिले पनि पूर्व मुक्तकम्लरीले आर्थिक अभावकै कारण पठनपाठन प्रभावित हुने गरेको छ”, उनले भनिन् ।
“हाल पूर्वकम्लरीले कक्षा १ देखि ८ सम्म वार्षिक रु एक हजार पाँच सय, कक्षा ९ देखि १० सम्म रु एक हजार आठ सय, कक्षा ११ र १२ का लागि रु पाँच हजार छात्रवृत्ति प्रदान गरिएको छ । यो विषयमा विगतदखि आफूहरूले झक्झक्याएको पूर्वकम्लरी सुलोचना चौधरीले बताइन् । तर योजना तर्जुमा गर्दा आफूहरूलाई जानकारी नै नदिने र आफूहरू खोज्दै जाँदा पनि समय नदिने गरेको उनको गुनासो छ ।
आदिवासी, जनजाति, दलित, महिला अपाङ्गता भएका व्यक्ति, वरिष्ठ नागरिक र भौगोलिकरूपमा समेत पछाडि परेको क्षेत्र विविध कारणले अन्य नागरिकसरह पहुँच नरहने हुँदा यो वर्गलाई संविधानले पनि विशेष व्यवस्था गरेको छ ।
छलफल नगरिकनै वडा–वडाबाट जस्ता कुरा आउँछन्, त्यस्तै कुरा समेट्ने तर वास्तविक समुदायको माग के हो, त्यसमा पुग्न सकेको स्थिति नहुँदा औपचारिकता निभाउने खालका योजनामात्रै छनोट हुने गरेका छन् ।
योजना तर्जुमा गर्दा बस्ती–बस्तीमा पुग्नुपर्ने भए पनि एक–दुई जना टाठाबाठा व्यक्तिको हातमा बजेट पुग्ने भएकाले पनि वास्तविक समुदाय पछाडि पर्ने अवस्थामा रहेको दलित अगुवा सावित्रा विश्वकर्माले बताइन्। “टाढाबाठाले जे भन्यो त्यही कुरामात्रै समावेश हुने गरेको छ”, उनले भनिन्, “यसले गर्दा सीमान्तकृत समुदाय पछि पर्ने गरेका छन् ।”
योजना तर्जुमा गर्दा वडा–वडालाई जिम्मा दिने गरिन्छ । त्यहाँबाट आएका कुरामा केही छुट भए पुनः सुधार गरेर लैलाने गरिएको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताइन् । “अहिले वडा–वडामा योजना तर्जुमाका लागि छलफल भइरहेको छ”, उनले भनिन्, “त्यहाँबाट आएपछि हामीले केही छुटेका कुरालाई मिलाएर सबैलाई समावेश गरेर लैजान्छौँ ।”
प्रायः स्थानीय तहले सीमान्तकृत समुदायलाई लक्षित गरी ल्याउने योजना तथा बजेटले ती समुदायलाई सम्बोधन गर्न नसकेको अर्थविद् लक्ष्मण न्यौपानेले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: