मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।
मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउछन् । याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन् ।
“यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन”, याखा बताउछन् । पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरुमा बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भीडनै हुन्थ्यो । सयौ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउछन् । उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौँ पठाउने गरेको बताउछन् ।
मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताए । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्याङ्क राखेको तर जङ्गलमा आफैँ उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्याङ्क नरहेको तर सामुदायिक वनले तथ्याङ्क राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउछन् ।
कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउछन् । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउछन् ।
चैत दोस्रो हप्तादेखी जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउछिन् ।
उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनु पथ्र्यो । “तर अहिले अरुले टिपेर ल्याएको हामिले सङ्कलन गछौँ र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, उनी भन्छिन् । जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो सङ्कलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ । विद्यालय तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: