काठमाडौंँ । अभिनेता पल शाहले आफ्नो अभिनय तथा निर्देशन रहेको एक भिडियो विहिबार सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी प(यो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा उनले आफुले एक वर्ष जेलमा बिताएको समयको केही घटना उतारेका छन् । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका शाहले भिडियोमा पक्राउ परेदेखि रिहासम्मका केही घटना उतारेका छन् ।
अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।
कैदीबन्दीप्रति पनि समर्पित भिडियोले समाचार तयार गर्दासम्म ४ लाख ५० हजार बढी भिउज पाएको छ । भिडियोको विषयलाई लिएर सामाजिक संजालमा विभिन्न कमेन्ट गरिएको छ । कमेन्ट सकारात्मक भन्दा नकारात्मक बढी छ । धेरैले भिडियोमा पक्राउ पर्नु अगाडिको कथा खै भनेर समेत प्रश्न गरेका छन् ।
लक्ष्मण देवकोटा नामक एक सामाजिक प्रयोगकर्ताले भिडियोको कमेन्ट लेखेका छन्, ‘अनि जेल जानु अगाडिको कहानी खोई ?’ त्यस्तै उनको कमेन्टमा अर्को युजर्सले लेखेका छन्,‘ त्यो चाहियो हामीलाई ।’
त्यस्तै दीपक बस्नेत नामक युजर्सले लेखेका छन् ,‘जेल नेल भोगेको भनेर नेताले फुर्ती लगाउथे । अव अभिनेताको पनि पालो आएछ ।ु
अर्को मिलन सनार नामक युजर्स लेख्छन्, ‘एक नारीलाई गलत देखाएर आफु महान बनेको नायक ।’ राज खड्का नामक युजर्सले लेखेका छन्, ‘जेल जानु अगाडि गरेको कर्तुत पनि भिडियोमा उतारेको भए हुन्थ्यो ।’ कमल पराजुली नामक युजर्स लेख्छन्,‘अनि त्यो बन्द कोठाभित्र भएको भिडियो नउतार्नु नि फेरि ।’
पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: