Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् ।

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ”, उनले भने । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले । वन विभागको अनुमति लिएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।”

काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिए। हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् । 

“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भने । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थालेका छन् । पन्तले भने, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।”

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उनले भने, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।”

सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउछन् । “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उनले भने । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उनले जानकारी दिए । 

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए । उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन् । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ । 

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए । सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गरेका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए। छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् । 

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ ।  रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउछन्। एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending