Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन् । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत नि:शुल्क स्वास्थ्य शिविर’ मा उनले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

“मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ”, मन्त्री बस्नेतले भने । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उनले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताए ।

कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले  यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उनले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताए । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भएकाले ब्याजदर घटाउन सरकार लाग्नुपर्ने बताए ।

उनले भूकम्प र कोरोनाका कारण लामो समय नेपालका उत्तरी नाका बन्द हुँदा व्यापार व्यवसायमा समस्या भएकाले तत्काल नाका सञ्चालन गनुपर्नेमा पनि जोड दिए । एकता व्यापार सङ्घका अध्यक्ष माधव खरेलले भन्सार क्षेत्रमा भइरहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । उनले व्यापार व्यवसायको सिलसिलामा घरबेटीले अत्यधिक घरभाडा लिने गरेकाले सरकारले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिको प्राविधिक सहयोगमा उक्त  शिविर आयोजना गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending