Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

खबरडबली संवाददाता

काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा:) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए ।  कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंग:थाँ’ (सांस्कृतिक चोक) मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो । 

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलाई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए । ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो । 

यसैगरी रथ तान्नुभन्दा चार दिनअघि जल पानेजु ९मच्छिन्द्रनाथका पुजारी० नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यां:गथाँ पुगी ‘याक मिसा’ ९शक्ति स्वरुप मानिएकी कन्या० प्रसाद ग्रहण गराउने परम्परा पनि मूर्ति नहटाएसम्म निरन्तरता दिन नसकिनेसमेत सङ्घहरुको अडान थियो । सुखी गँछेले भने मूर्तिको सम्मानजनक स्थानान्तरण हुनुपर्ने जनाउँदै छलफलबाट समस्या समाधान गर्न माग गर्दै आएको थियो । 

विवादका कारण कीर्तिपुरको शक्तिपिठ मानिने प्यँग:थां र आसन्न रातो मच्छिन्द्रनाथको भोटे जात्राबीचको परम्परागत सम्बन्ध तोडिने अवस्थामा पुगेको थियो । रातो मच्छिन्द्रनाथ तन्त्र साधनाका देवता भएको र याक मिसा जीवित देवी भएकाले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उनीहरुले जनाएका थिए । 

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंग: थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ उक्त मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि विवाद उत्पन्न भइरहेपछि स्थानीयले मूर्र्ति हटाइ परम्परालाई निरन्तरता दिन माग गर्दै  हस्ताक्षर अभियान चलाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending