Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण

डा. शैलेन्द्र गिरी
डा. शैलेन्द्र गिरी

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुनु परेको छैन । यसको प्रयोगमार्फत प्राप्त हुने विभिन्न सेवाका अतिरिक्त यो प्रविधि सुशासनको प्रत्याभूत गर्न सहयोगी भइरहेको छ । विश्वव्यापी रुपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया, सार्वजनिक सेवा तथा सूचना प्रवाहका माध्यमले भूगोलरहित समाजको निर्माण गर्न सहयोग गरेको छ । यसले निम्न वर्गको मानिसलाई सूचनाको हक र पहुँचमा स्थापितसमेत गरेको छ । ज्ञान र सीप सिक्न सक्ने सम्भावनाहरुका ढोका खोलिदिएको छ । सूचना तथा सञ्चार प्रविधि आम मानिसको स्वार्थरहित अनन्य सहयोगी मित्र साबित भएको छ । यसको सही सदुपयोगले मानिसको जीवनमा अतुलनीय रुपान्तरण ल्याएको छ भने यसको दुरुपयोगले कति मानिसलाई समाप्त बनाएको पनि छ ।

एउटा कम्प्युटर र इन्टरनेटले सञ्चारको क्षेत्रमा यतिधेरै कायापलट हुनेछ भनेर कसैले सोचेको पनि थिएन । कट्वालले दमाह बजाएर सूचना प्रवाह गर्ने हाम्रो समाज अहिले मोबाइलको रिङटोनसँगै सूचनाको प्रवाह गर्छ । धेरै मानिसहरु अहिले मोबाइलमा आएका पछिल्ला समाचारहरु हेरेर सुत्ने गर्छन् र बिहान ताजा समाचारहरु हेरेरमात्र आफ्नो ओछ्यान छोड्छन् । कतिपय मानिसहरु कम्तीमा दुईदेखि १२ घन्टासम्म कम्प्युटर र मोबाइलमा समय बिताउने गरेको एक अध्ययनले देखाएको छ ।

आजको दिनमा आइपुग्दा चिट्ठीपत्र, रेडियो, टिभी, पठन सामग्री, खेल, वार्तालाप एउटै उपकरणबाट प्राप्त हुने भएपछि हिजो हप्तौँ हिँडेर समाचार पु¥याउने कुरा कथामा सीमित भएको छ । टेलिभिजनका पर्दामा मानिसलाई देख्दा आश्चर्य मान्ने हामीलाई अहिले भिडियो कलमा साथीभाइ आफन्तसँग कुराकानी गर्दा अनौठो लाग्दैन । आफन्त घरदेखि टाढा, विदेशमा हुँदा हालखबर थाहा नपाउँदा महिनौँ अत्यास लाग्ने क्षण अहिले छिनभरमै काँचको स्क्रिनमा भे्टन, कुरा गर्न सम्भव बनाइदिएको छ सूचना तथा सञ्चार प्रविधिले ।

पूर्वसञ्चारमन्त्री कृष्णबहादुर महराले ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’को नारा ल्याउँदा धेरैले आश्चर्य मानेका थिए । तिनै मानिस आज आइफोनमा भिडियो कल गर्दछन् । इन्टरनेट नागरिकको अत्यावश्यक वस्तुभित्र सफल भयो भने नागरिकको अपेक्षा हातहातमा सरकार, घरघरमा विद्युतीय सेवा हुन थाल्यो । विद्युतीय पसलहरुले ‘अनलाइन डेलिभरी’ दिन थाले नेपालमा । गाउँमा बस्ने नागरिकलाई विद्युतीय भुक्तानी अप्ठ्यारो लाग्ने र सबै नागरिकको पहुँचमा नभए पनि सहरका बासिन्दालाई यो अत्यन्त सहज भइसक्यो । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीका अनुसार २०७९ वैशाखदेखि फागुन मसान्तसम्म विभिन्न विद्युतीय माध्यमबाट करिब ७४ खर्ब बराबरको कारोबार भएको छ ।
हाल नेपालमा ‘५जी’ नेटवर्कको परीक्षण सुरु भएको छ । यो प्रविधि ‘४जी’ भन्दा बढी स्मार्ट भएता पनि यसका उपभोक्ता भने न्यून हुने आङ्कलन गरिएको छ । इकमर्स र डिजिटल सेवाहरुमा वृद्धि हुनेछ भने नेपालका अधिकतम् व्यवसायहरु क्लाउड कम्प्युटिङमा आधारित हुन्छ । जस्ले गर्दा डाटा भण्डारण गर्न हार्डवयेर, सफ्टवयेर भौतिक सञ्चयको आवश्यकता यसमा गरिने लगानीलाई धेरै हदसम्म घटाउन सक्छ । स्थानीय रुपमा नवप्रवर्द्धनले स्थान पाउनेछ । स्थानीय भाषामा कम्प्युटरमा कामकाज गर्न सहज हुने खालका सफ्टवयेरहरु विकास गरिनेछन् ।

विकसित देशहरुमा प्रयोगमा आएका चालकबिनाका गाडीहरु हाम्रै सडकमा गुड्नेछन् भने आकाशमा धेरै समयसम्म अटो पाइटलले जहाजको उडान भर्नेछन् । सार्वजनिक स्थानहरुको कामकाज रोबर्टले सम्हाल्ने छभने घर, अफिस र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेटवर्कबाट नियन्त्रण गर्न सकिने साइबर सुरक्षा गार्डको व्यवस्था हुनेछ । इन्टरनेट र नेटवर्कको सहयोगमा घरबाहिरबाटै आफ्नो घरको बत्ती बाल्न, निभाउन, गेट खोल्न, बन्द गर्न, फ्रिज, रेडियो, टिभी खोल्न बन्द गर्न सकिनेछ । यी सबै सुविधाहरु ‘६जी’ उपलब्ध हुनेछन् ।

आउँदा दिनहरुमा विद्यार्थीहरुले पुस्तकको भारी बोकेर विद्यालय जानु अवस्थामा कमी आउनेछ । विद्यालयले उपलब्ध गराउने कम्प्युटरमै सबै शिक्षण सामग्रीहरु अनलाइन प्रोर्टलमा उपलब्ध हुनेछन् । अनलाइन शिक्षामार्फत शिक्षकहरु घरघरमा उपलब्ध हुनेछन भने इलर्निङमार्फत अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताहरु बढनेछन् । दुर्गम गाउँहरुमा पनि ‘भिडियो कम्फरेन्स’बाट स्वास्थ्य उपचारको सुरु हुनेछ र जटिल शल्यक्रियाका लागि मात्र सुगम स्थानमा आउनुपर्नेछ । अन्य विकसित देशहरुमा जस्तै नेपालमा पनि राज्यले चाहेमा एउटै एकीकृत व्यक्तिगत डाटा व्यवस्थापन प्रणाली विकास गरी सबै नागरिकको जीवनभरको क्रियाकलाप र दैनिक गतिविधि व्यवस्थापन, नियन्त्रण गर्न र आवश्यक सेवा प्रवाह गर्न सक्छ । कृषि क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग गरी यन्त्रीकरण र बजारीकरण गर्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने प्रचुर सम्भावनाहरु रहेको छ ।

स्वदेशमै सूचना प्रविधिका हार्डवयेर र पर्याप्त सफ्टवयेर विकास नभई सकेकोे हुँदा बाह्य मुलुकसँगको परनिरर्भतालाई बढाएको छ । वार्षिक मर्मतसम्भारमार्फत अर्बौं रुपैयाँ नेपालबाट बाहिर जानेछ । स्वदेशमै विद्युतीय फोहोर व्यवस्थापन गर्ने उद्योगको स्थापना नहुँदा चुनौतीहरु धेरै छन् । कतिपय महँगा सामानहरु पनि कवाडीको मूल्यमा बेच्न हामी बाध्य छौँ । गाउँले प्रविधि खोज्दै छ भने सहर प्रविधिको ज्यादा प्रयोगले कुरुप बन्दै गइरहेको छ । रोबोर्ट र च्याटजिपिटी जस्ता प्रविधिको बढ्दो प्रयोगले रोजगारीको अवसरलाई घटाउँदै लगेको छ । प्रकृतिप्रेमी मानिस बिस्तारै यन्त्रप्रेमी बन्दै गएको छ । अहिले मानिसले यन्त्रसँग विवाह गरेका छिटपुट समाचार सुनेता पनि भविष्यमा यसले विकराल रुप लिने वैज्ञानिकहरुको आङ्कलन छ र यसले सन्तान उत्पादनमा नकारात्मक असर गर्ने चिन्ता बढेर गएको छ । बेरोजगार मानिसरलाई यसले झन् प्रभाव पार्नेछ र विश्वको जनसङ्ख्यामा कमी आउनेछ ।

भविष्यमा विश्वभर नै डिजिटल डिप्लोमेसीमा वृद्धि हुनेछ । सामाजिक सञ्जालको दुरुपयोग अझ बढेर जानेछ । समाजमा साइबरसम्बन्धी आपराधिक क्रियाकलापहरुमा वृद्धि हुनेछ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन र भारतमा भएको आमचुनावमा सूचना तथा सञ्चार प्रविधिले परेको प्रभाव अब बिस्तारै नेपालमा पनि पर्ने सङ्केत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र सङ्घको निर्वाचनमा चितवनलगायतका जिल्लाहरुमा देखा परिसकेको छ । आउँदो निर्वाचनमा यसले अझ धेरै प्रभाव पार्ने निश्चित छ ।

कम्प्युटर प्रणालीका साथै डाटाको सुरक्षाका खातिर साइबर सुरक्षासम्बन्धी समयसापेक्ष नीति तर्जुमा, सूचना प्रविधिसम्बन्धी कानुनी व्यवस्था, सफ्टवेयर प्रणाली विकास साथै गुणस्तर मापदण्ड, अनुसन्धान, आइटी अडिट र साइबर सुरक्षाका लागि मानवीय स्रोत र साधनको विकास र क्षमता अभिवृद्धिका लागि नीतिगत एवं संरचनागत उचित व्यवस्था हुन जरुरी छ । सूचना प्रविधि ऐन, इन्टरनेटसम्बन्धी ऐन, डाटा वा क्लाउन्ड ऐन, डाटा प्राइभेसी, विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी ऐन, नीति र सामाजिक सञ्जालसम्बन्धी ऐन नबन्दा निकै अप्ठ्यारो भएको छ । कतिपय अन्यायमा परेका व्यक्तिहरु न्याय कुरेर बसिरहेका पनि छन् । ऐन नबन्दा नयाँ प्रविधि जस्तैः एआई, बलकचेन, मेसिन–लर्निङ, डिप–लर्निङ, विटक्वाइन, रोबोटिक्स, ड्रोन, इन्टरनेट अफ दी थिङ्स, क्रिप्टोकरेन्सीको प्रयोगका बारेमा पनि अन्योलता सिर्जना भएको छ ।

नेपालमा साइबर सुरक्षाको जोखिम बढ्दो रहेको कुरा एकीकृत डाटा केन्द्रमा पटकपटक साइबर आक्रमण हुँदा अध्यागमन कार्यालयको सेवा साथसाथै अन्य सरकारी निकायहरूको वेबसाइटहरू करिब चार घन्टा अवरुद्ध भएको थियो । हालै लोक सेवा आयोगलगायतका सरकारी कार्यालयका डाटा हराएको कुरा विभिन्न समाचार माध्यमहरुले तथ्यको पुष्टि गर्दछ । अतः राष्ट्रिय सूचना प्रविधि केन्द्रको साङ्गठनिक पुनर्संरचना गर्नु उपयुक्त हुन्छ । प्राविधिक कर्मचारीहरूलाई उच्च मनोबलमा काम गर्ने वातावरण सिर्जना गर्न सूचना प्रविधि सेवालाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक कर्मचारीहरूको वृत्ति विकासलाई सुनिश्चित गर्दै जानुपर्छ ।

आम नागरिकलगायत सरकारी तथा गैरसरकारी निकायहरूमा कम्प्युटर, समाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी जनचेतनाको कमी रहेकाले प्रशिक्षण कार्यक्रमहरू र जनचेतना अभियानमार्फत राष्ट्रिय स्तरमा साइबर सुरक्षासम्बन्धी जागरुकता ल्याई डिजिटल खाडललाई कम गर्नु आवश्यक छ । सूचनाको पहुँचमा सबै नागरिकको समान हक स्थापित गर्न जरुरी छ । हुने, खाने र हुँदा खाने दुवै वर्गलाई सूचना तथा सञ्चार प्रविधिको उपभोगमा समान अवसर प्रदान गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ । सार्वजनिक स्थानहरुमा निःशुल्क इन्टरनेटसहितको सेवा प्रदान गर्न आवश्यक छ । यसका लागि स्थानीय तहले जिम्मेवारी लिनुपर्छ ।

अन्तमा, सबै नागरिकले सचेत भई सुरक्षित रुपमा सूचना प्रविधिको प्रयोग गरौँ । आज मे २, सूचना प्रविधि दिवसका अवसरमा कम्प्युटरका जन्मदाता चाल्र्स व्यावेज, इन्टरनेटका शोधकर्ता भिन्ट सेर्फ, बोव कार्न र टिम बर्नर ली ह्वाइट र टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेललाई स्मरण गर्नुपर्दछ । 
(लेखकः ईगर्भनेन्स र सूचना प्रविधिविज्ञ हुन् ।)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy