बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९/८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिए। “परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ”, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए।
नगरपालिकाले द्वन्द्वपीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि रु ६५ लाख बजेट छुट्याएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानी करिब रु सात करोड रहेको बताइएको छ ।
राजापुरकी द्वन्द्वपीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रशंसनीय काम भएको बताए । “हामीले केहीले बाख्रापालन गरेका छौँ, केहीले सिलाइकटाइको काम गरेर जीवन चलाएका छौँ”, उनले भने । चौधरीले आफूहरुलाई स्वास्थ्य बीमालगायतका सुविधा आवश्यक भएकामा जोड दिँदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताए ।
नगरपालिकाका द्वन्द्वपीडित सुजन थारुले परिपूरण र क्षतिपूर्ति भए पनि द्वन्द्वपीडितलाई राहत हुने उल्लेख गर्दै द्वन्द्वका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताए। राजापुरमा एक सय छ जना द्वन्द्वपीडित स्वरोजगार कार्यक्रममा छन् । “परिपूरण र क्षतिपूर्ति भए, माफी दिँदा पनि राम्रो हुन्छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: