हुम्ला । हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ ।
कर्णाली प्रदेश सरकारको रु २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताउनुभयो । भवन निमार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकाया बताउछन् ।
भवन निमार्णका लागि आवश्यक जग्गा खरिद गर्न रु पाँच लाख ५० हजार र जग्गा सम्याउन रु एक लाख २८ हजार खर्च भएको थियो । उनले भने, “बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ”, क्याम्पस प्रमुख रोकायाले भने– “क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ ।”
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो । त्रिविले मानविकी सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताए।
त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिने भए पनि त्यो पर्याप्त नभएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए । “भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन, स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ ।” विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।
क्याम्पसको भवन निर्माण गर्न रु साढे पाँच लाख खर्च भएको थियो । अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले भने, “जग्गाको लालपुर्जा क्याम्पसको नामामा बनाउन सकिएको छैन ।”
जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: