Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

खबरडबली संवाददाता

काठमाडौ । नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

 विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन् । भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ । 

 प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहजरुपमा दर्शन गराएर पठाएको बताउनुहुन्छ । प्रहरीले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

 विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ । सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ । सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending