काठमाडौ । ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताएको हो ।
“रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो । तर अहिलेसम्म काम सुरु हुनसकेको छैन । पाल्पाको डुम्रेदेखि काकल्दी–बुढाखोल्सा–कुसुमखोला–त्रिवेणी–सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न सकेको छैन”, गैरेले भने ।
त्यस्तै डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्र गर्ने गरी सुरु भएको ठेक्काको अझै सुरु नभएको उनको भनाइ छ । विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र गरेको उनको भनाइ छ ।
“वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानुनी उल्झन देखाएर निर्धारण भएका कामहरु शूरु नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ”, सांसद गैरेले भने।
उनले ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उहाँले संसद्मा माग गरे । सांसद तेजुलाल चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड र सडक डिभिजन लहानअन्तर्गत कार्यान्वयन भइरहेका सडकको कामबारे प्रश्न उठाउनुभयो ।
“पटकपटक बोलपत्र प्रक्रिया रद्द हुने र अर्को ठेक्का प्रक्रिया सुरु गर्न निकै धेरै समय लाग्ने गरेका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतका धेरै सडकखण्ड अलपत्र छन् । दुई÷तीन पटकसम्म बोलपत्र हुँदा पनि काम अघि बढ्नसकेको छैन”, सांसद चौधरीले भन्नुभयो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: