Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

शीर्षमा उक्लियो मनाङ‚ जावलाखेल र खुमलटार बराबरीमा

खबरडबली संवाददाता

काठमाडौँ। ललितपुरे टोली फ्रेण्ड्स क्लबमाथि २–० को जित निकाल्दै मनाङ मर्स्याङदी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो। रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने।

फ्रेण्ड्सविरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो। यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरे पनि असफल भएको थियो।

खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो।

यो जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ। मनाङले छैटौँ खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ। मनाङले ६ खेलमा १४ अंक जोडेको छ। उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ।​

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा भएको खेलमा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। अंक बटुल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले शुरुवातबाट नै आक्रामक खेलेका थिए।

त्यस क्रममा ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन। ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ को अग्रता बनाउन सफल भयो। खुमलटारको अग्रता धेरै समय टिकेन। ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याएपछि दुबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १र१ अंक बनाए।

यो बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ। जावलाखेल दोस्रो स्थानमा झरेको छ। यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending