Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कोरोना बढे पनि सीमामा भएन सतर्कता

खबरडबली संवाददाता

काठमाडौं । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्को छ । सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ। खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने बताए।‘अब कोरोनाको संक्रमण झन् बढ्दै जाने जोखिम छ,’ डा. मरासिनीले भने, ‘संक्रमितको अस्पतालमा भर्नादर पनि बढ्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।चार जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी।१।१६ को संक्रमण फैलिरहेको जनाइएको छ।गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

‘सीमापारी संक्रमण जुन दरले बढेको छ।त्यो चुनौतीपूर्ण छ,स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने,‘सीमापारीको संक्रमणको प्रभाव सीमावारी पनि परेको छ । ओमिक्रोन भेरिएन्ट बढी संक्रामक देखिएको छ।खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएको छ।

खोप नलगाएका व्यक्तिहरूलाई संक्रमणको जोखिम झन् उच्च हुन्छ।’ सीमा नाकाहरूमा स्थापित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को परीक्षण गराई नतिजा पोजेटिभ आएमा परामर्शका साथै नजिकको अस्पतालमा निदान र उपचारको व्यवस्था मिलाइएको अधिकारीले बताए । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending