महेन्द्रनगर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माण व्यवसायीले उक्त कामलाई प्राथमिकतामा नराख्न निर्माणमा ढिलासुस्ती भएको बताए । “पहिलो कोरोना कहर, निकुञ्ज क्षेत्रमा स्वीकृति लगायतका कारणले ढिलाइ भयो,” उनले भने, “पाँचौँ पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन् ।”
हुलाकी सडकको ६२ किलोमिटर सडक तीन वटा प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम उस्तै छ ।
पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा– राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । “पहिलो प्याकेजको निर्माण अवधि सकिएसँगै काम पनि अन्तिम अन्तिमतिर छ,” इञ्जिनीयर सुनारले भने, “तेस्रो प्याकेजमा काम भइरहे पनि दोस्रोमा स्थगन जस्तै छ ।”
त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत रु ४१ करोड ४१ लाख छ । उक्त प्याकेजमा हालसम्मक साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ । सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ ।
दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इञ्जिनीयर सुनारले जानकारी दिए।
“दोस्रो र तेस्रो प्याकेजको कामसक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ ,” इञ्जिनीयर सुनारले भने, “६ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्र भयो ।” निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो । निर्माणाधीन सडकमापर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माणसक्न पटक–पटक दबाब दिँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...
पौष १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएक...
पौष १३ गते, २०८२ - ०७:२५
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश...
पौष १३ गते, २०८२ - ०७:१७
महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्याउन र ...
पौष १३ गते, २०८२ - ०७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ। दुई ज...
पौष १३ गते, २०८२ - ०७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ। दुई ज...
पौष १३ गते, २०८२ - ०७:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ। ...
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...




प्रतिकृया लेख्नुहोस्: