Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पूर्वमन्त्री अब्दुल खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’मा परेपछि...

खबरडबली संवाददाता

काठमाडौं । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । 

सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।

ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । 

खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ । 

उक्त भिडियो के कसो भएको हो भन्ने रातोपाटीको प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे । 

पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’

उनले भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending