कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताए ।
“कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो । यसको निरन्तरता सडक कालोपत्रमा पनि देखियो”, उनी भन्छन्, “निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सहजै अनुमान गर्न सकिने स्थिति रह्यो । काम गुणस्तरहीन भएको छ भन्ने ।”
स्थानीय हरि चौधरीका अनुसार यस्तै अवस्थामा सडकको काम भयो भने छ महिनामै कालोपत्र सडक ग्राभेल सडकमा परिणत हुन समय नलाग्ने बताउनुभयो । उहाँले निर्माणकै क्रममा टाला हाल्न थालेको सडक दीर्घकालीन नहुने बताए ।
“अगाडि काम भएर जाने पछाडि त्यहीँ सडक भत्किएको जनाउँदै टाला हाल्दै जाने हो भने सडक गुणस्तरहीन छ भन्ने सामान्य नागरिकले पनि अनुमान गर्न सक्ने स्थिति छ”, उनी भन्छन्, “सकिन्छ भने सम्बन्धित निकायले समयमै अनुगमन गरी सडक पुनः कालोपत्रका लागि निर्माण कम्पनीलाई निर्देशन दिनुपर्छ ।”
सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीको प्राविधिक टोलीले सडक निर्माणको विरोध भएपछि सडकको अनुगमन गरेको छ । आयोजनाका प्रमुख रमेश सिंहले कालोपत्र सडकमा समस्या आएको खबर प्राप्त भएपछि सडकको अनुगमन गरिएको बताए ।
“चौतर्फी कालोपत्र सडक केही दिनमै भत्कियो भन्ने खबर आएपछि हामी अनुगमनमा आएका हौँ”, उनले भने, “केही ठाउँमा समस्या देखिएको रहेछ, त्यसलाई पुनःनिर्माण गर्न लगाउँछौँ ।”
सडकमा समस्या देखिएपछि कोहलपुरको ल्याबमा बिटुविनको परीक्षण गर्न पठाएका जनाउँदै आयोजना प्रमुख सिंहले त्यसको प्रतिवेदन आएपछि थाहा हुने बताए । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बिग्रेको क्षेत्रमा सडक सुरुबाट निर्माण गर्ने वातावरण बनाउन सङ्घीय सहरी विकास आयोजनाका प्रमुखलाई आग्रह गरे । उनले प्राविधिक समस्याका कारण काममा समस्या देखिएको भए ठीक हुने भए पनि नियतले काममा कसैलाई गलत गर्ने छुट नहुने बताए ।
सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको करिब रु आठ करोड लागतमा ब्लक ‘ए’को तीन किलोमिटर सडक कालोपत्र र नाली निर्माण भइरहेको छ । ब्लक ‘ए’को तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्र भइरहेका छन् ।
निर्माण कम्पनीका ओभरसियर जयराम थापाले सडक कालोपत्र गर्दा तत्काल ठूला सवारीसाधन चलेकाले सडकका केही भागको कालोपत्र सेट हुन नसकेको दाबी गर्नुभयो । टीकापुरको खड्गचोकबाट टीकापुर अस्पताल, खानेपानी ट्याङ्की, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नं ‘ए’का भित्री सडक कालोपत्र भइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: