Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

सरकार ! जागिर होइन बाटो देऊ

खबरडवली संवाददाता

बझाङ । चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो। यताउता फर्कनै नमिल्ने। माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने। त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा। उनी हरेक महिना छ-सातपटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन्। भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन। सरकारले बाटो मात्रै बनाइदिए ठूलो कुरा हुने बोहराको भनाइ छ। ‘जीविकोपार्जनका लागि साइपालको भारी बोक्नुपर्छ’, उनले भने, ‘साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ। पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो राहत हुने थियो।’​ रूपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन। चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो। मानवबस्तीको सबैभन्दा अन्तिम गाउँ साइपालको न्यूना, बलौडी तथा धुलीका लागि पिठ्यूँमा भारी बोक्दै हिँड्ने उनलाई सबैभन्दा कठिन यात्रा कालडाँडासम्मको लाग्छ।​​ कालडाँडादेखि किर्किट्यासम्मको दूरी झन्डै २५ किलोमिटर छ। ‘यो बाटोमा संयमता नअपनाए कोही पनि फर्केर आउन सक्दैन’, बोहराले भने, ‘भारी पिठ्यूँमा बोकेर एकछिन पनि पर्खन सकिन्न। माथिबाट ढुङ्गा खस्ला भन्ने डर, तलबाट खुट्टा चिप्लिने डर। संयोगवश अहिलेसम्म दुःखद खबर भएको छैन।’​ बोहराका अनुसार रूपातोलाको किर्किट्याबाट भारी बोकेर कालडाँडा पुग्न १२ घण्टा लाग्छ। ‘कालडाँडा तलको खोला (ठूले खोला) सम्म पुग्नै साढे पाँच घण्टा लाग्छ। त्यसपछि उकालै उकालो। त्यो यात्रा पार गरेपछि भने बाँचे जस्तै लाग्छ’, उनले भने।​ गैरीडाँडामा भेटिए, रूपातोलाका दीपक बोहरा। गैरीडाँडा कालडाँडा र ठूले खोलाको बीचमा पर्छ। उनी साइपालको न्यूनामा बन्दै गरेको घरको रडसहित सामान बोकेर आएका हुन्। कालडाँडा पुग्न यहाँबाट साढे दुई घण्टा हिँड्नुपर्छ। ‘जोखिम बाटोको बढी भाग त काटेँ। कालडाँडा पुगेपछि मात्रै साइपाल पुगेजस्तै हुन्छ’, उनले भने। दीपकले कालडाँडा पुगेपछि साइपाल जाने बाटो भने केही सहज भएको बताए। साइपालको न्यूना गाउँ पुग्न कालडाँडाबाट झन्डै १० घण्टा उकालो ओरालो हिँड्नुपर्छ। ‘साइपालले फराकिलो बाटो बनाएको हुँदा जता पनि भारी बिसाउन सकिन्छ। आराम गर्दै हिँड्न सकिने भएकाले बाटोको समस्या हुँदैन’, उनले भने। दीपक हरेक महिनामा चारपाँच पटक त्यही बाटो ओहरदोहर गर्छन्। धुलीसम्म भारी बोकेर परिवारको गुजारा गर्छन्। दीपकले भने, ‘तीन–चार दिनको यात्रा गरेर धुलीसम्म पुर्‍याएको सामानको ज्यालाले परिवार पाल्नुपर्छ।’ उनले भारी बोकेको पैसाबाट कर तिरिरहेको बताउँदै सरकारले बाटो नबनाइदिएकामा गुनासो गरे। रूपातोलाका महादेव जोशी पुजारी हुन्। उनका जजमान साइपालमा छन्। पूजाआजा हुने साइतदेखि औँसी पूर्णिमाको दिन जोशी साइपाल पुग्छन्। न्यूना र बलौडीमा पूजाका लागि उनी घरबाट एक दिनअघि निस्कनुपर्छ। ‘आफू पुजारी भएकाले सामानको भरी बोक्नु पर्दैन, रित्तै आउनुपर्ने हुन्छ। भारी बोक्नेहरूको जस्तो समस्या मैले भोगेको छैन’, उनले भने‚ ‘भारी बोकेर आउनेलाई त बाटो काल जस्तै हो। सरकारले बाटोका लागि वास्तै गर्दैन।’ किर्किट्या–गैरीडाँडा–कालडाँडा बाटो हिँड्ने तलकोटको रूपातोलावासी मात्रै नभई साइपालको न्यूना र बलौडीवासी पनि नियमित ओहरदोहर गर्छन्। ‘माथिबाट तलकोट क्षेत्रको करिब तीन घण्टा लाग्ने बाटो साइपालले काटेको छ। तलको भाग तलकोटले काटेर बाटो खोले सबैलाई सहज हुन्थ्यो’, न्यूनाका प्रदीप बोहराले भने। लेकको ठाउँ त्यसमाथि जोखिमपूर्ण यात्रा गर्दा बाटोका कारण सबैलाई जोखिम भएको उनले बताए। ‘घरबाट निस्कनेबित्तिकै किर्किट्या–गैरीडाँडा–कालडाँडा बाटोको यात्रा सफल होस् भनेर परिवारले पुकार गर्छन्’, प्रदीपले भने, ‘बर्खायाममा तलकोट–साइपाल यात्रा नै बन्द हुन्छ। काँडा भएर जान छ दिन पैदल यात्रा गर्नुपर्छ। अझ कहिलेकाहीँ खोला बढेर जानै सकिँदैन।’ हिउँदमा यहाँका बासिन्दाले यही चट्टानको बाटो भएर बोकेर ल्याइएका खाद्य तथा दैनिक उपभोग हुने सामानबाट गुजारा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।​ तलकोटको सिमाना काउल्यासम्म हो। काउल्यादेखि कालडाँडा पुग्न झन्डै पाँच घण्टा समय लाग्छ। त्यो बाटो सबै साइपाल गाउँपालिकाले काटेको छ। तलकोट गाउँपालिकालाई बाटोका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभएको गोविन्दले बताए। ‘दुई चारजना गएर त्यो बाटो काटिँदैन’, उनले भने, ‘पालिकाले बजेट विनियोजन गरे ढुक्कले हिँड्ने बाटो बनाउन सकिन्थ्यो।’ बाटो निर्माणका लागि स्थानीय सरकारलाई पटक-पटक जानकारी गराए पनि वास्ता नगरेको गोविन्दले गुनासो गरे। ‘यो वर्ष पनि धेरै भन्यौँ, वडासँग जहिल्यै झगडा पर्छ। बाटोका लागि कुनै सरकारले चासो देखाउँदैनन्’, उनले भने।​ गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले बाटो बनाउन पहल भइरहेको बताए। उनले भने, ‘म पालिकामा आएदेखि नै बाटोका निर्माणका लागि कार्यपालिकामा निर्णय गरेर रू. डेढ लाख छुट्याएका छौँ। विस्तारै काम हुनेछ र आवश्यकताअनुसार बजेट पनि थप्नेछौँ।’​ स्थानीय कलकबहादुर बोहोराले भने बाटो खन्ने तयारीसमेत नभएकाले अध्यक्षको कुरा पत्याउन नसकिने बताए। ‘हामी जहिल्यै पालिका जाँदा ‘अब बन्छ’ भन्ने आश्वासन मात्रै दिनुहुन्छ। अहिलेसम्म बाटोका लागि केही पहल भएको छैन। अब यो आर्थिक वर्षसम्म आशा गरौँ केही हुन्छ कि !’, उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending