हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।
अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने । प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।
प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।
सापट मागेर बिरामीको उपचार
केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताउनुभयो । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आउनुभएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउनुहुन्छ ।
रुघाखोकीका बिरामी बढ्दै
जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।
“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उहाँले भन्नुभयो । सङ्ख्या बढेपछि भुुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताउनुभयो ।
प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताउनुभयो । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...
आषाढ़ १० गते, २०८३ - १२:४१
विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...
आषाढ़ १० गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...
आषाढ़ १० गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...
आषाढ़ १० गते, २०८३ - १०:५७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...
आषाढ़ १० गते, २०८३ - १०:४९
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...
आषाढ़ १० गते, २०८३ - १०:३६
नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...
आषाढ़ १० गते, २०८३ - १०:१५
काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...



प्रतिकृया लेख्नुहोस्: