Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नेपालमा फेरि बढ्न थाल्यो कोरोना, नयाँ भेरिअन्ट आएको हो ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा पुन: कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो। अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पाइएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा भएका सङ्क्रमण नयाँ भेरिअन्टका कारण हो कि भनेर नमुनाको जीन सिक्वेन्सीङ गर्ने काम पनि समयसमयमा जारी रहेको छ। कोभिडविरुद्धको खोप कार्यक्रम पनि चलिरहेको उनीहरू बताउँछन्।

सङ्क्रमणको अवस्था के छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो पटक नेपालमा कुल १,४२९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। यो मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण हो।

सोमवार भने कुल १,२६६ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयले सार्वजनिक गरेको गएको एक साताको विवरण हेर्दा कोरोनाभाइरसको सङ्क्रमण क्रमश: बढ्दै गइरहेको जस्तो देखिएको छ।

नेपालमा अहिले दैनिक औसतमा एक हजार जति नमुनाको परीक्षण भइरहेको मन्त्रालयको विवरणमा देखिन्छ। एक साताअघि चैत ७ र ८ गते सङ्क्रमण शून्य थियो।

त्यसअघि पनि सङ्क्रमण दोहोरो अङ्कमा खासै देखिएको थिएन तर अहिले सङ्क्रमण बढ्न थालेको देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

‘नयाँ भेरिअन्ट पुष्टि भएको छैन’

सहप्रवक्ता अधिकारीले अहिले भारतका साथसाथै नेपालमा पनि कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बताए। उनले भने, “अहिले छिमेकी मुलुकमा पनि सङ्क्रमण बढेको र नेपालमा पनि बढिरहेको देखिन्छ। त्यसले सङ्क्रमण बढ्छ कि भन्ने देखिएको हुनाले सतर्क हुनुपर्ने अवस्था आएको छ।”

“अब हामीले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ। लक्षण देखिएमा तत्काल परीक्षण गर्नुपर्छ र खोप लगाउन बाँकी भएमा वा बुस्टर मात्रा लगाउने समय भएको भए खोप लगाउनुपर्छ।”

उनले नेपालमा अहिले देखिएको भेरिअन्ट पुरानै हुनसक्ने बताए। यद्यपि अहिले पनि विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङको काम समयसमयमा भइरहेको उनको भनाइ छ।

“अहिले देखिएका सङ्क्रमणमा भेरिअन्ट उही हो वा अर्को हो भन्ने विषयमा हामीले नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङ गरिरहेका छौँ। हालसम्म नयाँ भेरिअन्ट देखिएको छैन,” उनले भने।

पछिल्ला केही दिनमा सङ्क्रमण बढे पनि अस्पतालमै भर्ना हुनुपर्ने अवस्थाका बिरामी देखिएका छैनन्। त्यसले गर्दा धेरै आत्तिनु पर्ने अवस्था नभए पनि सतर्क भने हुनुपर्ने उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी भएको छ भने एकै दिनमा करिब दुई हजार जनामा सङ्क्रमण देखिने अवस्था पनि आएको छ। त्यसले नेपालमा पनि सङ्क्रमण बढाउने चिन्ता बढेकाले आफूहरूले चनाखो भएर हेरिरहेको अधिकारीको भनाइ छ।

‘केही फरक खाले लक्षण देखिएका छन्’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको अनुसन्धान इकाइका प्रमुख डा. शेरबहादुर पुनले पनि पछिल्ला दिनमा नेपालमा सङ्क्रमण बढिरहेको विवरणले देखाएको र अस्पतालमा पनि त्यसको अनुभव हुन थालेको बताए।

उनले भने, “धेरैपछि आज मैले पनि सङ्क्रमण भएर आएको एउटा परिवारका मानिसहरूको जाँच गरेर उनीहरूलाई चिकित्सकीय परामर्श दिए।”

“कोभिडका बिरामीलाई यसरी परामर्श दिनुपर्ने अवस्था नआएको धेरै भएको थियो। हुनत एकाध जनामा सङ्क्रमण भइरहेको थियो र त्यसले हाम्रो समाजमा कोभिड निमिट्यान्न भएको छैन भन्ने त देखाएकै थियो।”

उनका भनाइमा पछिल्लो समयमा कोभिड लाग्नेहरूमा पहिलेको तुलनामा केही फरक लक्षणहरू देखिएको पाइएको छ।

“पहिले कोभिड लाग्दा जसरी ज्वरो आउँथ्यो अहिले त्यस्तो नआएको पाइएको छ भने आँखाको गेडी असाध्यै दुख्ने गरेको बिरामीहरूले बताइरहेका छन्,” उनले भने, “त्यो खोपको कारणले हो वा नयाँ भेरिअन्टका कारणले हो भन्ने कुरा चाहिँ अध्ययन गरेरै हेर्नुपर्ने हुन्छ।”

नेपालमा पहिलोपटक सङ्क्रमण भेटिएयता हालसम्म साढे ११ लाखभन्दा बढी नमुनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।

त्यसमध्ये १.२ प्रतिशत अर्थात् १२ हजार २० जनाको निधन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको विवरणमा देखिन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies