काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलबीच सवालजवाफ चलिरहेको छ। उपाध्यक्ष पौडेलले नेता रावलले लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाएपछि दुई नेताबीच दोहोरी चलेको हो।
उनले अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार डोटीमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ। तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’
सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’
रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए । रावलले विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप लगाए ।
पार्टीको निर्देशन मान्नु सबै सदस्यहरुको कर्तव्य भएको भन्दै पौडेलले अब रावलसँग दुई विकल्प बाँकी रहेको बताए । ‘कि त उहाँले आफ्ना गल्तीहरु स्वीकार गर्दै अब पार्टीले दिएको जिम्मेवारी निभाउने प्रतिवद्धता सहित सच्चिएर आउनुपर्छ, हैन भने पार्टीभित्र बसेर पार्टीकै विरुद्धमा गतिविधि गर्ने कुरा स्वीकार्य हुन सक्दैन’ पौडेलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८१ - ०९:३८
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...
बैशाख १३ गते, २०८१ - ०९:२५
काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...
बैशाख १३ गते, २०८१ - ०९:०६
पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र
बैशाख १३ गते, २०८१ - ०८:३५
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...
बैशाख १३ गते, २०८१ - ०८:२४
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...
बैशाख १३ गते, २०८१ - ०८:१२
नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...
बैशाख १३ गते, २०८१ - ०८:०२
मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...
बैशाख १३ गते, २०८१ - ०७:४८
काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...
बैशाख १३ गते, २०८१ - ०७:३१
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...
बैशाख १३ गते, २०८१ - ०७:२२
काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...
प्रतिकृया लेख्नुहोस्: