Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

खबरडबली संवाददाता

काठमाडौं । 'हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं ,' बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो । ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, 'तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ ।

'जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोग'पोलिसिस्टिक ओभारियन सिन्ड्रोमछ । यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन् । प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शुक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो। 

जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो। चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन् । 

मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए । चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन् । चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए,' जेनिफरले भनिन् ।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो । एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो । 

'म क्रमशस् संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ,' सिवारन भन्छन् । कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ । पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ । यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending