Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ ।

निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन कुँवरले बताए । “निर्माण कम्पनीको कामको मूल्याङ्कन भइरहेको छ,” उनले भने, “मूल्याङ्कन सकिएपछि नै ठेक्का तोडिनेछ ।” 

विसं २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो । वारिपारि दुबैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इञ्जिनीयर कुँवरले बताए ।

“तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “अहिलेसम्म काम राम्रो भइरहेको छैन । व्यावसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।” निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इञ्जिनीयर कुँवरले बताए । 

पुलमुनि दुबैतर्फ काम गर्नेगरी ठेक्का सम्झौता गरिएकामा वडा नं २९को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उनले जानकारी दिदिए। स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ । बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन । बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इञ्जिनीयर कुँवरले जानकारी दिनुभयो । सो सडकको निर्माण सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडलाई दिइएको थियो । 

धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो । क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित सञ्चालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन् ।

धोबीखोला पुलमा फरक फरक रङ्ग लगाइएको छ । फरक रङ्गका आधारमा ठाउँको समेत नाम रहन गएको छ । त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म  रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत सञ्चालनमा छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...

म प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको थिए : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE