Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

राष्ट्रिय सुरक्षाको विषय संवेदनशील छ : प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको बताए । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण अंश

नेपाली सेनाका प्रधानसेनापति,

विभिन्न मन्त्रालयका सचिवज्यूहरु

सुरक्षा निकायका प्रमुखहरु,

रथीवृन्दहरु,

तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृत वर्ग,

 उपस्थित आदरणीय महानुभावहरु

हार्दिक अभिवादन ।

नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा केन्द्रित सि।सं।८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहको शुभ अवसरमा आफ्नो समापन मन्तव्य राख्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ।  सर्वप्रथम म यस महत्त्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाइ ज्ञापन यहाँहरुको व्यवसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु।

 

उपस्थित महानुभावहरु

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको छ। विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ।

प्रत्येक राष्ट्रले आ९आफ्नो मूल्य९मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ। राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो । यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्ष लगायतलाई पनि सम्वोधन गर्नु उत्तिकै आवश्यक पर्दछ। त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ।

नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई  विकास गर्नुपर्ने आवश्यकता छ । सोही अनुसार ुराष्ट्रिय सुरक्षा नीति(२०७३ु लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ुराष्ट्रिय सुरक्षा नीति(२०७५ु

कार्यान्वयनमा ल्याइसकिएको छ। यसबाट नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ, व्यवसायिक बनाउन तथा आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी  प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ।

उपस्थित महानुभावहरु

वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ। देशको भू(राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ। यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरु राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु।

तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ। हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु९आयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईहरुलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु।

तालिमको समयमा तपाईहरुमाँझ आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र अनुभवको साटासाट, राष्ट्रिय सुरक्षाका बहु९आयामिक पक्षसँग सम्बन्धित प्राज्ञहरुबाट ज्ञान प्राप्ति लगायत तपाईहरुको गहन छलफल भएको कुरामा म विश्वस्त छु। यसबाट राष्ट्रिय सुरक्षा सम्बन्धि ज्ञानको दायरा थप फराकिलो भएको र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर बृहत्तर राष्ट्रिय हितको लागि सम्बन्धित विभिन्न सरकारी निकायहरु तथा गैरसरकारी निकायहरुबिच के९कसरी समन्वयकारी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत यथेष्ट जानकारी भएको विश्वास मैले लिएको छु। यो तपाईहरुको व्यक्तिगत एवं व्यवसायिक जीवनका लागिसमेत ठूलो पुँजी हो।

अन्त्यमा, तालिममा सरिक सम्पूर्ण सहभागीहरुलाई नेपाल सरकारको तर्फबाटहार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय सुरक्षाजस्तो अति महत्त्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रक्षा मन्त्रालय, नेपाली सेना एवंसैनिक कमाण्ड तथा स्टाफ कलेज लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सिसं ८ राष्ट्रिय सुरक्षा तालिम समापन भएको घोषणा गर्दछु।

धन्यवाद ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...

म प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको थिए : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE