Ntc
Khabar Dabali २६ जेष्ठ २०८० शुक्रबार | 9th June, 2023 Fri

मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश दलीय गठबन्धनलाई लिएर सरकारलाई पूूर्णता दिने बेलामा पार्टीका सरकारमा सहभागी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न लागेका हुन्।

स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बनाउने भएका छन्। 

यसअघि सात दलीय गठबन्धनमा माओवादीले गृह, अर्थ जस्ता  महत्वपूर्ण कुनै मन्त्रालय लिन सकेको थिएन। त्यसैले श्रेष्ठलाई गृहमा ल्याउन प्रचण्डले तयारी गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालयप्रति श्रेष्ठ त्यसबेला पनि सन्तुष्ट थिएनन्।

स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो । कांग्रेस सभापति देउवाले अर्थमा प्रवक्ता पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेका छन्।  

श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ। 

सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल राष्ट्रसङ्घको आर्थिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाच...

समयमै जडान भयो कालीपुल-बगरफाँट बेलीब्रिज

म्याग्दी । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरप...

बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै

झापा । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास...

फेरि विवादमा फसे डोनल्ड ट्रम्प, गोप्य दस्तावेज घरमा राखेको अभियोग

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ...

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्...

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्या...

तापक्रम अझै केही दिन नघट्ने, ४१ डिग्री सेल्सियसमाथि पुग्नसक्ने अनुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही...

मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल

कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेज...

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

पोखरा । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति...

सदनमा अराजक प्रतिपक्ष, दलको आमसभाको झल्को !

सुवास नेम्वाङको आग्रह- कसैमाथि लक्षित गरी गालीगलौज गरिनुहुन्न, शिष्ट हुनुस्

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page