काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्।
नेपाल तरूण दल जिल्ला कार्यसमिति काभ्रेले शनिबार बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र संगठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन्।
अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताएकी हुन्।
‘अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरूणहरूका लागि चुनौती हो,’ उनले भनिन्, ‘भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरू बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन।’
अरू जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रमा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन्।
तरूण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि संगठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उनले जोड दिए।
सो क्रममा उनले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उनले सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: