Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

खबरडबली संवाददाता

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।’

यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ । ‘दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ’, उनले भने । भट्टका अनुसार यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो ।

समिट एयर जहाजको अठार यात्रु क्षमता रहेको छ । पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको थियो । सत्र मिनेटको हवाई यात्राका लागि रू पाँच हजार भाडा तोकिएपछि यात्रु पाइने छोडेका हुन् । सुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार आठ सय ५० रुपैयाँ भाडा तोकिएको थियो ।

समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ । लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले भाडा घटाएर नियमितरूपमा उडान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

करोडौँका संरचना प्रयोगविहीन

विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ सालदेखि बन्द भएको थियो । सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल २६ वर्षपछि पुनः २०७७ सालमा सञ्चालनमा आएको थियो । विसं २०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरेको थियो । परीक्षण उडानसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गरेका थिए । विसं २०७७ असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा नियमित हवाई सेवा सुरु भएको थियो ।

विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँ बनेका करोडौंका संरचना प्रयोगविहीन बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्र गरेको थियो । विमानस्थलमा पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्गका साथै ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको थियो ।

रोयल कन्ट्रक्सनले चार करोड ९७ लाख रुपैयाँमा टर्मिनल भवन निर्माण सम्पन्न गरेको छ । विसं २०७८ भदौ १ देखि टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । विसं २०७९ माघ २९ सम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद तोकिएकामा निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न भएको जनाएको छ । इञ्जिनियर कविन्द्र काजी बज्राचार्यका अनुसार टर्मिनल भवनमा सिभिलअन्तर्गतका सबै संरचना पूरा भएका छन् ।

टर्मिनल भवनमा आगमन कक्ष, प्रस्थान कक्ष, टिकट काउन्टर, रेडियो कक्ष, एटिसी रुम, एयर ट्राफिक कन्टोल रूम निर्माण गरिएका जनाइएको छ । यसका साथै रनवेसम्म जाने बाटो, रनवे साइडको नाला, विमानस्थल सुरक्षा गार्ड भवन पनि निर्माण सम्पन्न भएको इञ्जिनियर बज्राचार्यको भनाइ छ ।

राज्यको करोडौँको लगानीमा निर्माण गरिएको विमानस्थलमा हवाई सेवा सञ्चालन नहुनु दुःखद् रहेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । उनले भने, ‘विमानस्थल सञ्चालन नहुँदा करोडौँका संरचना बनेर प्रयोगविहीन भएका छन् । राज्य लगानी सबै खेर गएको छ, हवाई सेवा सञ्चालनका लागि सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।’

हवाइ सेवा सञ्चालनमा आए यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने स्थानीय व्यापारी चक्रबहादुर चन्दको भनाइ छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा रहेको विमानस्थल सञ्चालनमा आए पर्यटक भित्र्याउन सजिलो हुने उनले बताए । ‘भारतसँग सीमा जोडिएको जिल्ला भएकाले हवाई सेवा सञ्चालन भए यहाँ पर्यटक ल्याउन सहज हुने थियो । यसले यहाँको व्यापार व्यवसाय बढेर आर्थिक उन्नति पनि हुन्छ’ उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending