Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

माधव नेपालको गृहक्षेत्रमा एमाले फर्किनेको लहर

खबरडबली संवाददाता

काठमाडौं। रौतहट क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।

एकीकृत समाजवादीमा राजनीतिक भविष्य अन्धकार देखेपछि आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएको ती नेताले बताएका छन्।

एकीकृत समाजवादीको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफ्नो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताएका छन्।

यसैगरी एकीकृत समाजवादीका मधेश प्रदेशका सचिवालय सदस्य तथा गरुडाका प्रभावशाली नेता शेख कलिमुल्लाह पनि पुरानै घर फर्किएका छन्। 
सोही कार्यक्रममार्फत नेकपा एमाले पार्टीमा फर्किनेहरुमा एकीकृत समाजवादीका पुराना तथा प्रभावशाली नेता टिकाबहादुर कार्की, जिल्ला कमिटी सदस्यहरु विनोद चौधरी, राजन थापा, रामकुमार खडका, मधुसुदन धिताल, रामचन्द्र दाहाल, नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भु प्रसाद गुप्ता, वनपती देवी सहनी रहेका छन्।

एकीकृत समाजवादी गरुडा नगर कमिटी अध्यक्ष श्याम नन्दन सहनी, गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी, होस नारायण यादव, सुरेश चौधरी, लाल बहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेव मण्डल, शेख मजहर आलम, पारस सहनी, शेख रेयाज, राम सेवक रायलगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन्।

फर्किनेहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह(इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए। कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवाल, पार्टीका मधेश प्रदेश सदस्य रामजी साहलगायतको उपस्थिति रहेको थियो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies