Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

खगराज नेतृत्वको गण्डकी सरकार संकटमा, समर्थन फिर्ता लिँदै माओवादी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ।

बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए। 

केन्द्रमा सत्ता समीकरण बदलिएपछि माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो।

नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारमा माओवादी दुई मन्त्रीसहित सहभागी छ। यो प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छैन।

प्रदेशसभा निर्वाचनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। तर यसअघि पनि प्रदेश सरकारको नेतृत्व गर्न नपाएको माओवादीले यसपटक आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ। 

माओवादी सांसदहरु संसदीय दलका नेता चुमानलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रसँगको लबिङमा छन्। चुमानले भने केन्द्रमा प्याकेजमै हुने सहमति बमोजिम सरकारको नेतृत्वबारे निर्णय हुने भएकाले केन्द्रको निर्णय कुरेर बसिरहेको बताए।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ। २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र २ सिटसहित राप्रपा चौथो ठूलो दलका रुपमा छन्।

यो प्रदेशमा मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै समाजवादीको पनि एक सिट छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending