काठमाडौँ ।काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल ट्रष्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ।
महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरमा १६ विभाग छन्। ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।
सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित विग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।
पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ ।
कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण इकाई, खरिद इकाई छन् । साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन इकाई छन् । टेकुमा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: