Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

कांग्रेसको आडमा प्रचण्ड नेतृत्वको सरकारको मनखुसी ?

अयोग्य लडाकुबारे असन्तुष्टि, पुराना शहीद नयाँ सूची

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस आफूलाई चित्त नबुझ्ने मुख्य गरी दुई निर्णय गरेको माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ। कांग्रेसका नेताहरूले केही दिनभित्रै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनाएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार एक दुई दिनमै दलहरूबीच मन्त्रालय बाँडफाँट हुने छ र त्यसपछि सरकारमा पठाउने व्यक्तिबारे पार्टीले निर्णय गर्ने छ। तर प्रचण्ड नेतृत्वकै सरकारले गरेका मुख्य रूपमा दुई वटा निर्णयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिन्छ।

पहिलो: माओवादीले सशस्त्र सङ्घर्ष घोषणा गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस घोषणा।

दोस्रो: अयोग्य घोषित आफ्ना पूर्व लडाकुलाई राहत रकम वितरण गर्ने भन्ने निर्णय।

‘जनयुद्ध’ दिवस उल्टिन्छ?

कतिपयले एमाले सहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि उनलाई त्यसकै आडमा आफूखुसी निर्णय लिने बल पुगेको ठान्ने गरेका छन्।

कांग्रेस नेता मिनेन्द्र रिजालले पनि सरकारलाई कांग्रेसले दिएको समर्थनकै भरमा प्रचण्डले निर्णय लिएको ठानेका छन्। “कांग्रेसले सबैलाई मान्य हुने साझा बाटोमा प्रधानमन्त्रीलाई हिँडाउन सक्नु पर्थ्यो,” उनले भने।

तर कांग्रेस प्रवक्ता महतले कांग्रेस सरकारमा सहभागी नभएको बेला भएका निर्णयको जिम्मेवारी आफ्नो दलले नलिने प्रतिक्रिया दिए। ‘जनयुद्ध’ भनेर राष्ट्रिय रूपमा मान्यता दिने कुरामा आम समझदारी हुनुपर्ने कुरा पहिले नै आफूले व्यक्त गरेको उनको भनाइ छ।

तर अब सरकारमा गएपछि काँग्रेसले उक्त निर्णय उल्टाउँछ? महत भन्छन्, “त्यसलाई कसरी हेर्ने भन्नेबारे सम्बन्धित ठाउँमा कुरा होला।”

नेताहरू

'अयोग्य' लडाकुबारे असन्तुष्टि

पछिल्लो पटक सरकारले शान्ति सम्झौताअनुसार बनाइएका माओवादी लडाकुको अस्थायी शिविरबाट ‘मापदण्ड नपुगेको भन्दै अयोग्य घोषित गरिएका’ करिब ४ हजारलाई दुई लाखको दरले रकम दिने निर्णय खबरले सरकार आलोचनाको निशानामा परेको देखिन्छ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा पुगेपछि त्यसमा लेखिए अनुसारको कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए। अयोग्य घोषित लडाकुहरू लामो समयदेखि आन्दोलनमा छन्। त्यसबारे परेको रिट निवेदनलाई लिएर सर्वोच्च अदालतले समेत चासो देखाएको थियो।

तर हाल अर्थतन्त्र अप्ठेरोमा परेका बेला सरकारले उक्त निर्णय लिएको भन्दै आलोचनयुक्त तीव्र प्रतिक्रिया आइरहेका छन्। कांग्रेस प्रवक्ता महतले उनीहरूका बारेमा सबै कुरा त्यही बेला टुङ्गिएको बताउँदै भने, “यो विषयमा केही समय पर्खेको भए राम्रो हुन्थ्यो।”

बढ्दो असन्तुष्टिकाबीच बुधवार भएको सत्ता पक्षीय दलहरूको बैठकमा प्रधानमन्त्रीले पूर्व लडाकुलाई रकम दिने निर्णय नगरेको भन्ने जानकारी गराएको कांग्रेस नेता रमेश लेखकले बताएको समाचारहरूमा जनाइएको छ।

‘पुराना’ शहीद, नयाँ सूची?

सरकारले आठ हजार शहीदको नामावली फागुन २९ गतेको राजपत्रमा प्रकाशित गरेको छ।

फागुन १५ गते सरकारले गरेको निर्णय अनुसार भन्दै राजपत्रमा ‘राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने’ व्यक्तिहरूको सूचीबारे पनि बहस चलिरहेको छ।

जीवित व्यक्तिलाई शहीद बनाएको र काममा भारत गएका बेला ज्यान गुमाएकाहरूको नाम पनि समावेश भएको खबर आएका छन्। कतिपयले सरकारका यस्ता निर्णयबाट राज्य कोषमा ठूलो बोझ पर्ने भन्दै आलोचना गरिरहेका छन्।

गृह मन्त्रालयका प्रवक्ता बस्नेतले भने पहिल्यै शहीद घोषणा गरिएकाहरूका नाम राजपत्रमा प्रकाशित भएको र शहीद परिवारलाई दिइने आर्थिक सुविधा पहिले नै दिइसकेको बताए।

तर शहीद घोषित भएका केहीका परिवारले त्यस्तो सरकारी निर्णय अस्वीकार गरेको विवरण पनि आएका छन्। उक्त सूचीमा द्वन्द्वकालमा सुरक्षाकर्मी र माओवादी दुवैतर्फबाट मारिएकाहरूको नाम समावेश छ।

‘शान्ति सम्झौता विपरीत’

कांग्रेस नेता मिनेन्द्र रिजालले प्रचण्डका कतिपय निर्णय १२ बुँदे सहमतिपछिको राजनीतिक यात्राको भावना विपरीत रहेको ठानेका छन्। शान्ति सम्झौता र १२ बुँदे समझदारीमा कहीँ पनि जनयुद्ध उल्लेख नभएको बताउँदै उनले सरकारको निर्णय त्यस विपरीत रहेको टिप्पणी गरे।

उनले प्रचण्डलाई ‘उक्त सहमतिको भावनाअनुसारको बाटो नै कांग्रेस र माओवादीले दीर्घकालीन रूपमा सँगै काम गर्ने बाटो हुनसक्छ, त्यो बाटो नछोडी काम गर्नुस्’ भनेर बुझाउनु पर्ने बताए।

“त्यो बुझाउन नसक्दा हामीले आफूलाई मद्दत गर्दैनौँ, प्रधानमन्त्रीलाई पनि मद्दत गर्दैनौँ र गठबन्धनलाई पनि दीर्घकालीन बनाउन सक्दैनौँ भन्ने मलाई डर छ,” नेता रिजालको टिप्पणी छ।

माथिका नेताबीच त्यसले फाटो नल्याए पनि कार्यकर्ता र मतदाताको तहमा कठिनाइहरू बढ्दै जाने उनको बुझाइ छ। कांग्रेस सरकारमा नजाँदै तर विश्वासको मत दिएपछि सरकारले ती निर्णय गरेको हो।

‘बोल्न नसक्ने बेला छोपियो मौका’

राष्ट्रपतिको चुनाव नजिक थियो। राष्ट्रपतिमा प्रचण्डको साथ नपाइएला भन्ने संशयमा थियो, एमाले। कांग्रेस राष्ट्रिय सहमतिको प्रचण्डको प्रस्तावले राष्ट्रपति पाउने आशामा थियो।

नेताहरू

प्रचण्डले त्यही मौका छोपेर फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरे। सरकारमा सहभागी भए पनि एमाले मौन रह्यो। दुई सातापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक टिप्पणी गर्दै त्यसप्रति असन्तुष्टि दर्साए।

कांग्रेस नेताहरूले घुमाउरो ढङ्गले सहमति खोजिनु पर्थ्यो भने तर विरोध गरेनन्। त्यस बेला बीबीसीले सम्पर्क गरेका कांग्रेसका कतिपय नेताहरूले रेकर्डमा बोल्नै मानेनन्। कांग्रेसका एक नेताले मुख्य दल नै ‘बोल्न नसक्ने बेला प्रचण्डले मौका छोप्ने चलाखी’ गरेको टिप्पणी गरे।

कांग्रेस नेता रिजाल भन्छन्, “चट्टान नमिलेको ठाउँमै हो भूकम्प जाने। गठबन्धनको निम्ति पनि फल्ट-लाइन (दरार) नबनोस् भन्ने म चाहन्छु। तर विकसित गर्ने कुरामा प्रचण्डजी अघि बढेको देख्छु।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending