काठमाडौँ। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० देखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।
करिब ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ । नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ ।
गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि ३२ लाख ८० हजार लाग्ने बताए । प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी ब्रुअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।
गोल्डकपको तयारीका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता हुने जानकारी दिइयो । प्रतियोगितामा यूकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् ।
भोजपुर नगरपालिका–७ मा बन्दै गरेको रङ्गशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८० - २१:५५
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ...
जेष्ठ २२ गते, २०८० - २१:५२
टोकियो । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति प...
जेष्ठ २२ गते, २०८० - २१:३५
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...
जेष्ठ २२ गते, २०८० - २०:५१
काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल...
जेष्ठ २२ गते, २०८० - २०:४३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको ...
जेष्ठ २२ गते, २०८० - २०:३१
काठमाडौं । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न...
जेष्ठ २२ गते, २०८० - २०:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प...
जेष्ठ २२ गते, २०८० - २०:२२
म्याग्दी । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लो...
जेष्ठ २२ गते, २०८० - १९:१०
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका...
जेष्ठ २२ गते, २०८० - १८:३५
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।...
प्रतिकृया लेख्नुहोस्: